होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

  • होमपेज
  • Breaking News
  • स्वामीकार्तिकले पायाे ७ बर्षपछि प्रमुख प्रशासकीय अधिकृत
Breaking News

स्वामीकार्तिकले पायाे ७ बर्षपछि प्रमुख प्रशासकीय अधिकृत

  • नागरिक रैबार
[sharethis-inline-buttons]
स्वामीकार्तिकले पायाे ७ बर्षपछि प्रमुख प्रशासकीय अधिकृत

बाजुरा — स्वामिकार्तिक खापर गाउँपालिकाले स्थापना भएको सात वर्षपछि पहिलो पटक प्रमुख प्रशासकीय अधिकृत पाएको छ।

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले देबराज चौधरीलाई प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारीसहित पठाएपछि गाउँपालिकाले स्थायी हाकिम पाएको हो।

यसअघि छोटो अवधिका लागि अधिकृत आए पनि दीर्घकालीन व्यवस्थापन नहुँदा गाउँपालिकाले निमित्तको भरमा काम गर्नुपरेको थियो। स्वास्थ्य संयोजक पारस बहादुर शाहीसहित तीन जनाले अघिल्ला वर्षहरूमा निमित्तका रूपमा काम गरिसकेका थिए।

आज एक कार्यक्रममार्फत चौधरीलाई गाउँपालिकाका जनप्रतिनिधि र कर्मचारीहरूले सम्मान गर्दै कार्यकालको सफलताकाे शुभकामना दिएका छन्।

चौधरीले दुर्गम क्षेत्रमा सेवा गर्ने अवसर पाएकोमा खुशी व्यक्त गर्दै विकास निर्माणदेखि प्रशासनिक सुधारमा सक्रिय भूमिका रहने बताएका छन्।

कर्णालीपारीको एक मात्र गाउँपालिका स्वामिकार्तिकले स्थानीय चुनावको दोस्रो कार्यकालको तेस्रो वर्षमा स्थायी प्रमुख प्रशासकीय अधिकृत पाएसँगै कार्यालयको कामकाजमा सहजता आउने अपेक्षा स्थानीयले गरेका छन् ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार

भर्खरै