होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

सोमवार, अशोज १३, २०८२
जोडिनुहोस
  • होमपेज
  • देश/प्रदेश
  • अदालतले किन अस्वीकार गर्‍यो रविको बैंक जमानतको माग ? [आदेशसहित]
देश/प्रदेश

अदालतले किन अस्वीकार गर्‍यो रविको बैंक जमानतको माग ? [आदेशसहित]

  • नागरिक रैबार
अदालतले किन अस्वीकार गर्‍यो रविको बैंक जमानतको माग ? [आदेशसहित]

रुपन्देही जिल्ला अदालतले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई थुनामै राख्ने आदेश दिँदै उनको रिहाइको माग अस्वीकार गरेको छ ।

बुटवलस्थित सुप्रिम सहकारी ठगी प्रकरणमा पुर्पक्षका लागि थुनामा रहेका लामिछानेले आफ्नो भागको बिगो बराबरको २ करोड ७४ लाख ८४ हजार रुपैयाँ बैंक जमानत पेस गरी तारेखमा रहँदै मुद्दा लड्न अनुमति पाउन निवेदन दिएका थिए । तर, जिल्ला न्यायाधीश नारायणप्रसाद सापकोटाको इजलासले सोमबार उक्त माग अस्वीकार गरेको हो ।

अदालतले आदेशमा लामिछानेमाथि सहकारी ऐन र संगठित अपराध निवारण ऐनअन्तर्गत गम्भीर प्रकृतिको अभियोग लागेको, बिगो रकम यकिन भइनसकेको, मुद्दामा साक्षी बुझ्ने र थप प्रमाण संकलन गर्ने कार्य बाँकी रहेकाले तत्काल थुनामुक्त गर्न नमिल्ने स्पष्ट गरेको छ ।

‘यी सबै अवस्थालाई हेर्दा निवेदकले माग गरे बमोजिमको बैंक ग्यारेन्टी लिई तारेखमा राख्न मिल्ने देखिएन,’ आदेशमा उल्लेख छ । अदालतले मुलुकी फौजदारी कार्यविधि संहिताको दफा ६८ अनुसार अभियुक्त निर्दोष सावित हुने कुनै नयाँ आधार प्राप्त नभएको समेत प्रष्ट पारेको छ ।

साथै, अदालतले लामिछानेको मुद्दाको कारबाहीलाई यथाशीघ्र अघि बढाउन सम्बन्धित पक्षलाई निर्देश गरेको छ । फरकधारबाट

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार

पहिरोका कारण मुग्लिङ-नारायणघाटसहित ५ राजमार्ग पूर्णरूपमा अवरुद्ध
देश/प्रदेश
पहिरोका कारण मुग्लिङ-नारायणघाटसहित ५ राजमार्ग पूर्णरूपमा अवरुद्ध

मुलुकका विभिन्न ठाउँमा परेको वर्षाका कारण आएको बाढी-पहिरोका कारण प्रमुख पाँच राजमार्ग अवरुद्ध भएका छन् । प्रहरी प्रधान कार्यालयले दिएको जानकारीअनुसार पहिरोका कारण सङ्खुवासभाको भोटखोला गाउँपालिका-४ वरुणस्थित कोशी राजमार्ग, सङ्खुवासभाको मकालु गाउँपालिका-३ एकुवास्थित कोशी राजमार्ग पूर्णरूपमा अवरुद्ध भएका हुन् । त्यस्तै, रसुवाको गोसाइँकुण्ड गाउँपालिका-२ पासाङल्हामु राजमार्गस्थित नेपाल-चीन जोड्ने मितेरी पुल, चितवनको इच्छाकामना गाउँपालिका-५ स्थित मुग्लिङ-नारायणघाट […]

  • ४ दिन अगाडि