नागरिक रैबार/बाजुरा २९ बैशाख। बाजुराको सदरमुकाम मार्तडीमा रहेको क्रिएटर जोन एकेडेमी विद्यालयले कक्षा कोठामा डिजिटल स्मार्ट बोर्ड जडान गरेको छ ।
विद्यालयको कक्षा १० मा अध्यययनरत विद्यार्थीहरको अध्ययन अध्यापनमा सहज होस भन्ने उद्देश्यले पहिलो पटक डिजिटल स्मार्ट बोर्ड जडान गरिएको क्रियटर जोन एकेडेमीले बताएको छ ।
विद्यालयमा शिक्षण सिकाईमा आधुनिक प्रविधिको प्रयोग गर्दै क्रियटर जोन एकेडेमीले ‘स्मार्ट बोर्ड’बाट अध्ययन/अध्यापन गराउन सुरुवात गरेको हो ।
डिजिटल स्मार्ट बोर्ड जडान पछि विद्यालयमा सञ्चालित कक्षा १० का सम्पुर्ण विषयहरुको पठनपाठनमा सहज हुने भएको हो ।
विद्यालयले एक वटा स्मार्ट बोर्ड र आवश्यक उपकरणको खरिद गरेर स्मार्ट बोर्डबाट पठनपाठनको सुरुवात गरेको विद्यालयका लेखापाल दिल बहादुर कार्की बताएका छन् ।
उनका अनुसार क्रमश विद्यालयका सवै कक्षामा डिजिटल प्रविधि मार्फत अध्ययन अध्यापन गराउनका लागि स्मार्ट बोर्ड जडान गर्ने तयारी विद्यालयको रहेको छ ।
डिजिटल स्मार्ट बोड जडान गरेर विद्यालयमा अध्ययनरत विद्यार्थीहरुको शिक्षण क्रियाकलाप र शैक्षिक नतिजा सुधार गर्नका लागि विद्यालयले स्मार्ट बोर्ड जडान गरेको हो ।
स्मार्ट जडानपछि विद्यार्थीहरुका लागि कक्षा कोठामा पुस्तकरहित अन्य विषयको समेत अध्ययन/अध्यापन गर्न र गराउन सजिलो हुने विद्यालयले जनाएको छ ।
फेसबुक प्रतिक्रियाहरु