होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

  • होमपेज
  • Breaking News
  • बुढीगंगाका ७ वटा संस्थागत भवनको एकै दिन उद्घाटन्
Breaking News

बुढीगंगाका ७ वटा संस्थागत भवनको एकै दिन उद्घाटन्

  • नागरिक रैबार
[sharethis-inline-buttons]
बुढीगंगाका ७ वटा संस्थागत भवनको एकै दिन उद्घाटन्

नागरिक रैबार/बाजुरा २९ बैशाख। बाजुराको बुढीगंगा नगरपालिकामा एकै दिन ७ वटा संस्थागत भवनहरु उद्घाटन गरिएका छन् । नगरपालिकाले आइतबार आफ्ना ५ वटा वडा कार्यालय, २ वटा स्वास्थ्य संस्था र सीप विकास तालिम केन्द्र भवनको औपचारिक रुपमा उद्घाटन गरेको हो ।

समृद्धिका लागि बुढीगंगा विकास कचहरी कार्यक्रमको दोस्रो दिन पालिका भित्रका २,४, ५, ९ र १० नम्बर वडा कार्यालय उद्घाटन गरिएका हुन् भने  यस्तै बुढीगंगा सीप विकास तालिम केन्द्र र पालिकाको २ र १० मा बनेका स्वास्थ्य सेवा केन्द्रका भवन पनि उद्घाटन गरिएको नगरपालिकाले जनाएको छ ।

बुढीगंगा समृद्धिको आधारका लागि पालिकामा जारी कचहरी कार्यक्रम अन्तरगत दलिय सहकार्य र समझदारीको सन्देश दिने गरी पालिकाले सबै जिल्लाका पूर्व र बहालवाला जनप्रतिनिधीहरु मार्फत पालिकाका भाैतिक संरचनाहरुको उद्घाटन गरिएको नगर प्रमुख रामबहादुर बाँनियाले बताएका छन् । पालिकाले आज प्रशासनीक भवन, १ र ८ नम्बर वडा कार्यालय भवनको उद्घाटन गर्ने तयारी गरिएको छ ।

विज्ञापन

जस अनुसार पालिकाको २ नम्बर वडा कार्यालयको उद्घाटन निवर्तमान प्रतिनिधी सभा सदस्य लालबहादुर थापा, ४ नम्बर वडा कार्यालयमा प्रदेश सभा सदस्य पदम शाही, ५ नम्बर पूर्व प्रदेश सभा सदस्य बल्देव रेग्मी, ९ नम्बर नगर प्रमुख रामबहादुर बानीया, १० नम्बर पूर्व प्रदेश सभा सदस्य प्रकाश शाह, बुढीगंगा सीप विकास केन्द्र पूर्व प्रदेश प्रमुख देवराज जोशीले उद्घाटन गरेका हुन् ।

यस्तै २ नम्बरमा बनेको आधारभुव स्वास्थ्य केन्द्रको संविधान सभा सदस्य पेम्बा गुरुग भोटे र १० नम्बरमा बनेको आधारभुत स्वास्थ्य सेवा केन्द्र भवनको संविधान सभा सदस्य बसुन्धरा रोकायाले गरेका हुन् । पालिकाको प्रशासनीक भवनको पूर्व मन्त्री कर्णबहादुर थापाले बैशाग २९ गते विशेष कार्यक्रमका बीच उद्घाटन गर्ने तयारी गरिएको छ ।

६ नम्बर वडा कार्यालय भवनको प्रदेश सभा सदस्य पूर्व मन्त्री नरेश बहादुर शाही, १ नम्बर वडा कार्यालयको पूर्व मेयर दिपक शाह, ८ नम्बर वडा कार्यालयको उद्घाटननगर उपप्रमुख माया कुँवरले गर्नेछन् । ७ नम्बर वडा कार्यालय भवन निर्माणको काम भने अधुरै छ ।

नगरपालिकामा रहेका १० मध्ये ९ र सबै स्वास्थ्य चौकी, पालिका भवन सरकारी मापदण्ड अनुसार निर्माण गरिएका छन् । नौ वटा वडा कार्यालयका संस्थागत भवन, स्वास्थ्य संस्था, सीपविकास तालिम केन्द्र र पालिका भवन निर्माण गर्नेमा बुढीगंगा जिल्लाकै पहिलो पालिका हो ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार

फागुन २१ को निर्वाचन शान्तिपूर्ण बनाउने बाजुराका उम्मेदवारको प्रतिबद्धता
Breaking News
फागुन २१ को निर्वाचन शान्तिपूर्ण बनाउने बाजुराका उम्मेदवारको प्रतिबद्धता

आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई बाजुरामा स्वतन्त्र, निष्पक्ष र धाँधलीरहित बनाउने गरि बाजुराका उम्मेदवारहरुले सामूहिक प्रतिबद्धता गरेका छन्। बिहिबार नेपाल पत्रकार महासंघ जिल्ला शाखा बाजुराको आयोजनामा बडीमालिका नगरपालिकाको सभाहलमा आयोजित पत्रकार सम्मेलनमार्फत उम्मेदवारहरूले ९ बुँदे संयुक्त प्रतिबद्धता पत्रमा हस्ताक्षर गरी सार्वजनिक गरेका हुन्। विज्ञापन उम्मेदवारहरूले निर्वाचनका बेला प्रचार–प्रसार मर्यादित र अहिंसात्मक बनाउने, […]

  • २१ मिनेटutes अगाडि

भर्खरै