नागरिक रैबार/बाजुरा २८ बैशाख। सुदूरपश्चिम प्रदेश प्रहरीको कमाण्ड सम्हाल्ने गरी भ्रखरै आएका प्रहरी नायव महानिरिक्षक (डिआईजी) डम्वर बहादुर विक यतिबेला प्रदेश मातहतका जिल्लाहरुमा स्थलगत निरिक्षणमा निस्किएका छन् ।
बुधबार मात्रै सुदूरपश्चिम प्रदेश प्रहरीकाे कमाण्ड सम्हालेका विक जिल्ला प्रहरी कार्यालयकाे स्थलगत निरिक्षणका क्रममा बाजुरा पुगेका छन् ।
विकलाई बडीमालिका नगरपालिकाले भव्य रुपमा स्वागत गरेको छ । नगरपालिकाले आईतबार विहान एक कार्यक्रमका विच डिआईजी विक लगायतको टिमलाई स्वागत गरेको हो ।
स्वागत कार्यक्रममा डिआईजी विकले सुदूरपश्चिमका जिल्लाको शान्ति सुरक्षा अमनचयनमा निरन्तर लागि पर्ने बताएका छन् । उनले समाजकाे शान्ति सुरक्षा अमनचयनका लागि नागरिक समाजकाे सहयाेग आवश्यक रहेकाे छ ।
त्यस्तै डिआईजीको स्वागत कार्यक्रममा बडीमालिका नगरपालिकाका नगरप्रमुख अमरबहादुर खड्काले बाजुरासहित सुदूरपश्चिम प्रदेशको शान्ति, सुव्यवस्था कायम गर्नमा महत्वपूर्ण भुमिका खेल्न आग्रह गरेका थिए ।
स्वागत कार्यक्रममा डिआईजी विक संगै एसपी सराेज पाैडेल, बडीमालिका नगरपालिकाकी उपप्रमुख नन्दा कुमारी थापा, जिल्ला प्रहरी कार्यालय बाजुराका डिएसपी इकवाल हवारी, २ का वडा अध्यक्ष डम्बरबहादुर महत, ८ का वडा अध्यक्ष चन्द्रबहादुर थापा लगायत कर्मचारीहरुको सहभागिता रहको थियो । स्वागत कार्यक्रम बडीमालिका नगरपालिकाको हलमा गरिएको थियो ।
फेसबुक प्रतिक्रियाहरु