होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

बिहिबार, साउन १६, २०८२
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • स्वामीकार्तिकबाट दलित जागरण अभियानको शुभारम्भ
समाचार

स्वामीकार्तिकबाट दलित जागरण अभियानको शुभारम्भ

  • नागरिक रैबार
स्वामीकार्तिकबाट दलित जागरण अभियानको शुभारम्भ

राजेन्द्र विक बाजुरा,२८बैशाख। परम्परागत रुपमा समाजमा रहेको छुवाछूत कुप्रथा र समग्र विभेद बिरुद्ध आवाज उठाउने संकल्प सहित बाजुरामा दलित जागरण अभियान तथा आमभेला कार्यक्रम संचालन गरिएको छ।

आफ्ना लागि आफै दलितका लागि दलित भन्ने मुल नाराका साथ शनिबार जिल्लाको स्वामिकार्तिक खापर गाउँपालिका सुइजिउला वाइमा उक्त अभियानको शुभारम्भ गरिएको हो।

स्वामिकार्तिक दलित नेटवर्क तथा मुक्त हलिया संजालको आर्थिक र प्राबिधिक सहयोगमा आफ्ना लागि आफै दलितका लागि दलित अभियान बाजुराको आयोजनामा सो कार्यक्रम संचालन गरिएको अभियानका अध्यक्ष दिपक कडाराले बताए।

विज्ञापन

बर्षौं देखि समाजमा बिद्यमान जातीय छुवाछूत र विभेद जस्तो जघन्य अपराध बिरुद्ध दलित समुदायलाइ एक ठाउँमा ल्याउने उदेश्यले जागरण अभियानको शुभारम्भ गरिएको र अब जिल्लाभर यो कार्यक्रमलाई निरन्तरता दिइने अध्यक्ष कडाराको भनाइ कार्यक्रममा जिल्लामा क्रियाशिल सबै राजनीतिक दलका प्रतिनिधि,पुर्वोत्तरी क्षेत्र स्थित दलित समुदायका अगुवा संगै स्थानिय दलित समुदाय बिच प्रणालिगत विभेद ,न्यायमा पहुँचको अभाव र प्रतिनिधित्वको कमि जस्ता बिषयमा व्यापक छलफल गरिएको थियो।

कार्यक्रममा बोल्ने सबै बक्ताहरुले दलित माथी उपल्लो भनिने बर्गले गर्ने विभेद र राज्यको मौनता बारे दलित समुदाय एकजुट भइ देशैभर जागरण अभियानको आवश्यकता औंल्याउनुका साथै बिभेदका बिरुद्ध राजनीतिक दल भन्दा माथी उठेर बर्गिय लडाइ लड्न आवस्यक भएको धारणा ब्यक्त गरेका छन्। अभियानका अध्यक्ष दिपक कडाराको अध्यक्षतामा संचालन भएको कार्यक्रममा विभिन्न राजनीतिक दलमा आवद्ध दलित नेता र अगुवा अतिथिका रुपमा रहनुभएको थियो। यो अभियानको शुभारम्भ स्वामिकार्तिक बाट गरिए पनि जिल्लाभर संचालन गरिने आयोजकले जनाएको छ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार

भारी वर्षाको अनुमान छ, अत्यावश्यकबाहेक यात्रा नगर्नू, सुरक्षित स्थानमा बस्नू : प्रधानमन्त्री
समाचार
भारी वर्षाको अनुमान छ, अत्यावश्यकबाहेक यात्रा नगर्नू, सुरक्षित स्थानमा बस्नू : प्रधानमन्त्री

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले नागरिकलाई अत्यावश्यकबाहेक यात्रा नगर्न र सुरक्षित स्थानमा बस्न अनुरोध गरेका छन्।मौसम पूर्वानुमान महाशाखाले आज दिउँसोदेखि देशका विभिन्न भू–भागमा भारी वर्षाको सम्भावना रहेको जानकारीका गराएपश्चात प्रधानमन्त्री ओलीले सुरक्षाकर्मीहरूलाई तयारी अवस्थामा रहन निर्देशन दिएका हुन्। बाढी, पहिरो, डुबानलगायत सम्भावित विपद्‌बाट हुनसक्ने क्षति न्यूनीकरणका लागि संघ, प्रदेश र स्थानीय सरकारका सम्बन्धित निकायहरूलाई […]

  • २ हप्ता अगाडि

भर्खरै