होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

बुधबार, माघ ३०, २०८१
जोडिनुहोस
  • होमपेज
  • देश/प्रदेश
  • उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक बालुवाटारमा
देश/प्रदेश

उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक बालुवाटारमा

  • नागरिक रैबार
उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक बालुवाटारमा

काठमाडौँ । उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक बस्न लागेको छ । मंगलबार साँझ ६ बजे प्रधानमन्त्री निवासमा बालुवाटारमा बैठक बस्न लागेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

आइतबार नै समितिको बैठक बस्ने भनिएपनि प्रतिनिधिसभा बैठकका कारण सो दिन बस्न सकेको थिएन ।

सत्तारुढ दल कांग्रेस एमालेका नेता रहेको संयन्त्रमा प्रधानमन्त्री केपी शर्मा ओलीसहित कांग्रेस सभापति शेरबहादुर देउवा, उपसभापति पूर्णबहादुर खड्का, महामन्त्री गगन थापा, गृहमन्त्री रमेश लेखक र परराष्ट्रमन्त्री आरजु राणा देउवा रहेका छन् ।

त्यस्तै संयन्त्रमा एमालेबाट वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, उपाध्यक्ष तथा उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेल, एमाले महासचिव शंकर पोखरेल र उपमहासचिव विष्णु रिजाल रहेका छन् ।

संयन्त्रले सरकार सञ्चालनमा सुझाव दिँदै आएको बताइएको छ । दुई दलले प्रदेश तथा जिल्लाहरूमा समेत संयन्त्र गठन गरेका छन् । दुई दलले सरकार सञ्चालनमा सहयोगी बन्ने भन्दै संयन्त्र गठन गरेका थिए ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार

भर्खरै