होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

बुधबार, माघ ३०, २०८१
जोडिनुहोस
  • होमपेज
  • देश/प्रदेश
  • मा‌ओवादी र रास्वपाको विरोधपछि संसद् १५ मिनेटलाई स्थगित
देश/प्रदेश

मा‌ओवादी र रास्वपाको विरोधपछि संसद् १५ मिनेटलाई स्थगित

  • नागरिक रैबार
मा‌ओवादी र रास्वपाको विरोधपछि संसद् १५ मिनेटलाई स्थगित

काठमाडौं– नेकपा माओवादी केन्द्र र राष्ट्रिय स्वतन्त्र पार्टीको विरोधपछि प्रतिनिधिसभाको जारी बैठक १५ मिनेटका लागि स्थगित भएको छ ।

प्रतिनिधिसभाको मंगलबार बसेको बैठकमा प्रतिपक्षी दलहरूबाट अवरोध सिर्जना भएपछि स्थगित गरिएको हो। प्रतिपक्षी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसदहरूले बैठकमा विशेष समय सुरु हुनै लाग्दा अवरोध गरेका हुन् ।

उपसभामुख इन्दिरा रानाले शून्य समय सकिएर विशेष समय सुरु भएको घोषणा गरेपछि पनि नेपाली कांग्रेसका सांसद रामहरि खतिवडालाई बोल्ने समय उपलब्ध गराएको भन्दै रास्वपा विरोधमा उत्रिएका थिए । त्यसपछि बैठक अघि बढ्न सकेन ।

खतिवडाले नेपाल प्रहरीको बढुवाबारे धारणा राखेका थिए । त्यसलगत्तै रास्वपा सांसद गणेश पराजुलीले आफ्नो भनाइ राख्दै सत्ता पक्षले प्रतिपक्षीहरूलाई पेलेको टिप्पणी गरे ।

सांसद खतिवडाले बोलेका कुराहरू संसदको रेकर्डबाट नहट्दासम्म आफू उभिएको स्थानबाट नबस्ने बताएपछि संसद अवरुद्ध भएको हो । उपसभामुख इन्दिरा रानामगर अलमलिँदा भएको अवरोध नहटेपछि सभामुख देवराज घिमिरेले बैठक स्थगित गरेका हुन् ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार

भर्खरै