होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

शनिबार, बैशाख २७, २०८२
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • समृद्धिको आधारका लागि बुढीगंगा विकास कचहरी कार्यक्रम सूरु
समाचार

समृद्धिको आधारका लागि बुढीगंगा विकास कचहरी कार्यक्रम सूरु

  • नागरिक रैबार
समृद्धिको आधारका लागि बुढीगंगा विकास कचहरी कार्यक्रम सूरु

नागरिक रैबार/बाजुरा २७ बैशाख। समृद्विको आधारका लागि बुढीगंगा विकास कचहरी कार्यक्रम सूरु भएको छ । बुढीगंगा नगरपालिकाको आयोजना र सुदूरपश्चिम प्रदेश अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठान पुन्ना डोटीसंगको सहकार्यमा उक्त कार्यक्रम बुढीगंगा नगरपालिकाको केन्द्र कुल्देवमाण्डौंमा सूरु भएको हो ।

२९ गतेसम्म संचालन हुने कार्यक्रमको शनिवार एक औपचारिक कार्यक्रमका विच सुदूरपश्चिमका पूर्व प्रदेश प्रमुख देबराज जोशीले उद्धघाटन् गरेका छन् ।

जिल्लास्थित सबै राजनीतिक दल र सरोकारवालाहरूलाई एकै ठाउँमा ल्याएर बुढीगंगाको समृद्धिको आधारका लागि आजबाट बुढीगंगा विकास कचहरी” कार्यक्रम सूरु गरिएको नगरप्रमुख रामबहादुर बानियाँले जानकारी दिएका छन् ।

विज्ञापन

विकास कचहरी कार्यक्रमको मुख्य उद्देश्य भनेको बुढीगंगा नगरपालिकासहित जिल्लाको समग्र विकास निर्माणका लागि जिल्लाका सबै राजनीतिक दल र जनप्रतिनिधिहरु एक ठाउँमा ल्याउने रहेको नगरप्रमुख बानियाँले बताएका छन् ।

बाजुरामा समस्या मात्रै छैनन् सम्भावना पनि छन् । बाजुरामा विभेद र विवाद मात्रै छैन त्यो भन्दा धेरै एकता र अपनत्व छ । बाजुरामा सङ्कट मात्रै छैन त्यो भन्दा धेरै अवसरहरू छन् । त्यही कुराको सुरुवादीका लागि पहिलो पटक बुढीगंगा नगरपालिकाले बुढीगंगाले विकास कचहरी कार्यक्रमको आयोजना गरेको उपप्रमुख माया खड्काले बताईन् ।

May be an image of 1 person, dais and temple

नगरको स्वास्थ्य, शिक्षा, कृषि, पर्यटन र सुरक्षित पूर्वाधारको सम्भावना तीन दिनको कार्यक्रमले प्रस्ट पार्नेछ । बुढीगंगामा आगामी २० वर्षसम्मको स्वरूप तयारी गर्ने गरी कार्यक्रम आयोजना गरिएको नगरपालिकाले लक्ष्य रहेको छ ।

बाजुराको विकासमा यहाँका राजनीतिक दलहरूको साझा सहमति र बुझाई लगायतका विषयमा ३ दिनसम्म बहस तथा संवाद कार्यक्रम समेत गरिने भएको छ ।

विकास कचहरी कार्यक्रममा बुद्धिजीवी, समाजसेवी, राजनीतिक दल, सरकारी तथा गैरसरकारी सङ्घसंस्थाका प्रतिनिधि, पत्रकार र विषयगत क्षेत्रका विज्ञद्वारा अवधारणा पत्र बनाएर सोही अवधारणा पत्रका आधारमा संवाद छलफल र बहस गरिने आयोजकले बताएको छ ।

May be an image of ‎5 people, temple, crowd and ‎text that says '‎S समनदको आधासका लाडि बुढीगंगा ออ विकास कचट कचह।-.० -২०८২ उदघाटन समारोह सम रोह 5은) مب मখन আिভা ..桃m キa 汁‎'‎‎

सबै राजनीतिक दललाई विकास र संवृद्धिको विषयमा एक ठाउँमा ल्याउन कार्यक्रमले ठुलो भूमिका खेल्ने नगरपालिकाले अपेक्षा लिएको छ ।

बुढीगंगा नगरपालिकाका नगरप्रमुख रामबहादुर बानियाँको अध्यक्षतामा सूरु गरिएको कार्यक्रममा पूर्व प्रदेश प्रमुख देवराज जोशी, पूर्व मन्त्री कर्णबहादुर थापा, पूर्व प्रतिनिधि सभा सदस्य लालबहादुर थापा, पूर्व संविधान सभा सदस्य पेम्वा गुरुङ भोटे, प्रदेश सभा (क) का पूर्व सांसद बल्देव रेग्मी सहित विभिन्न दलका नेता, जिल्लाका बुढीगंगा सहित अन्य स्थानीय तहका प्रमुख एंव जनप्रतिनिधि र पत्रकारहरुको सहभागिता रहेको छ । कार्यक्रमको संचालन बुढीगंगा नगरपालिकाका रोजगार सहायक टंक सिंहले गरेका छन् ।

जिल्लाका सवै राजनीतिक दललाई एकै ठाउँमा ल्याएर विकास र समृद्धिका लागि आवश्यक छलफल र संवाद गर्नका लागि  गरिएको बुढीगंगा विकास कचहरी कार्यक्रम जिल्लामै पहिलो पटक आयोजना गरिएको हो ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार

भर्खरै