नागरिक रैबार/बाजुरा २७ बैशाख। जिल्ला अस्पताल बाजुरामा कुपोषणका कारण दुई महिनाकी बालिकाको मृत्यु भएको छ ।कुपोषणका कारण जगन्नाथ गाउँपालिका-२ मल्लोहुनी बस्ने भावना बिष्टकी २ महिनाकी छोरीको मृत्यु हो ।
मृतक बालिका कुपोषणसँगै अन्य रोगको संक्रमणमा थिइन् । गम्भीर अवस्थामा अस्पताल पुर्याइएकी उनलाई बचाउन नसकिएको जिल्ला अस्पताल बाजुराका डा प्रकाश बुढाले वताएका छन् । डाक्टर बुढाका अनुसार शिघ्र अवस्थामा मात्र बालिकालाई अस्पताल ल्याइएको र बचाउने प्रयास गर्दा पनि बालिकालाई बचाउन नसकिएको हो ।
जिल्ला अस्पताल बाजुरामा उपचार हुन नसकेपछि हामीले रिफर गर्न खोजेका थियौ, तर मृतक बालिकाका परिवारको आर्थिक अवस्था कमजोर र बच्चा पनि सिकिस्त भएकाले पनि अन्यन्त्र उपचार गर्न लिन नसकेपछि अस्पतालमा मृत्यु भएको बताइएको छ ।
फेसबुक प्रतिक्रियाहरु