होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

शनिबार, बैशाख २७, २०८२
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • बुढीगंगामा आजदेखि विकास कचहरी हुँदै, पूर्व प्रदेश प्रमुख जोशीले उद्घाटन गर्ने
समाचार

बुढीगंगामा आजदेखि विकास कचहरी हुँदै, पूर्व प्रदेश प्रमुख जोशीले उद्घाटन गर्ने

  • नागरिक रैबार
बुढीगंगामा आजदेखि विकास कचहरी हुँदै, पूर्व प्रदेश प्रमुख जोशीले उद्घाटन गर्ने

नागरिक रैबार/बाजुरा २७ बैशाख। बाजुराको बुढीग‍‍ंगा नगरपालिकामा आजबाट विकास कचहरी कार्यक्रम संचालन हुने भएको छ । बुढीगंगाको समृद्धिका लागि आजबाट सूरु हुने विकास कचहरी कार्यक्रमको सुदूरपश्चिम प्रदेशका पूर्व प्रदेश प्रमुख देवराज  जोशीले उद्घाटन गर्ने भएका छन् ।

बुढीगंगाको समृद्धि र विकासका लागि  सम्भावना, एकता र अवसर देखाइने गरी आजबाट उक्त कार्यक्रम सूरु हुन् लागेको नगरप्रमख रामबहादुर बानियाँले बताएका छन् । आजबाट ३ दिनसम्म संचालन हुने कार्यक्रमको सम्पूर्ण तयारी पुरा भएको  नगरप्रमुख बानियाँको भनाई छ ।

बुढीगंगा सहित जिल्लाको समग्र विकास निर्माणका लागि जिल्लाको सबै राजनीतिक दल र जनप्रतिनिधि एक ठाउँमा ल्याएर व्यापक छलफल गरिने भएको छ । बाजुरामा समस्या मात्रै छैन समस्या भन्दा धेरै सम्भावना छ । बाजुरामा विभेद र विवाद मात्रै छैन त्यो भन्दा धेरै एकता र अपनत्व छ ।बाजुरामा सङ्कट मात्रै छैन त्यो भन्दा धेरै अवसरहरू छन् । त्यही कुराको सुरुवादीका लागि पहिलोपटक कार्यक्रमको आयोजना गरिएको छ नगरप्रमुख बानियाँले भने ।

May be an image of text that says 'हार्दिक निमन्त्रणा Invitation "समद्धिको आधारका लागि बुढीगंगा विकास कचहरी Karnali १०८१" "शिक्षा, स्वास््य, कृषि, पर्यटन र पूर्वाधार, सुरक्षित र समृद़ बुढीगंगा विकासको आधार" बुढियंगा नगरपालिकाले आयोजना गरेको समृद्तिको आधारका लागि बुढीगंगा विकास कचहरी-२ तपसिलको मिति, स्थान र समयमा हुने भरकोले यहाँको गरिमामय उपस्थितिका लागि सादर अनुरोध गरिन्छ| मिति: २०८२ बैशाख ၃၆, ၃၀ र २९ गते स्थान: बुढीगंगा नगरपालिका बाजुरा समय: 99 बजे आयोजक: बुढीगंगा नगरपालिका नगर कार्यपालिकाको कार्यालय कुल्देवमाण्डी, बाजुरा'

स्वास्थ्य, शिक्षा, कृषि, पर्यटन र सुरक्षित पूर्वाधारको सम्भावना तीन दिनको कार्यक्रमले प्रस्ट पार्ने लक्ष्य आयोजकले लिएको छ । बाजुराको विकासमा यहाँका राजनीतिक दलहरूको साझा सहमति र बुझाई लगायतका विषयमा बहस तथा संवाद कार्यक्रम हुने छ ।

विकास कचहरी कार्यक्रममा बुद्धिजीवी, समाजसेवी, राजनीतिक दल, सरकारी तथा गैरसरकारी सङ्घसंस्थाका प्रतिनिधि, पत्रकार र विषयगत क्षेत्रका विज्ञद्वारा अवधारणा पत्र बनाएर सोही अवधारण पत्रका आधारमा संवाद छलफल र बहस गरिने छ ।

स्थानीय तहमा रहेको विकास सम्बन्धी समस्या, आवश्यकता र प्राथमिकतालाई पहिचान गरेर यथार्थमा आधारित समाधानहरू लगायत विषयमा छलफल बहस तथा संवाद गर्ने तयारी छ ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार

भर्खरै