होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

सोमवार, फाल्गुन २६, २०८१
जोडिनुहोस
  • होमपेज
  • बुढीगंगा
  • बाजुरामा ट्याक्टर दुर्घटना हुँदा बुवाको मृत्यु, छोरा घाईते
बुढीगंगा

बाजुरामा ट्याक्टर दुर्घटना हुँदा बुवाको मृत्यु, छोरा घाईते

  • नागरिक रैबार
बाजुरामा ट्याक्टर दुर्घटना हुँदा बुवाको मृत्यु, छोरा घाईते

नागरिक रैबार/बाजुरा २६ फागुन। बाजुरामा आइतबार राति भएको ट्याक्टर दुर्घटना परेर १ जनाको मृत्यु भएको छ । भने उनका छोरा घाइते भएका छन् । खप्तड छेडेदह गाउँपालिकाको डोगडीबाट बुढीगंगातर्फ आउँदै गरेको भे २ त १५८८ नम्बरको ट्याक्टर वडा नम्वर–५ को चिराल्नामाओरालो सडकमा अचानक अनियन्त्रित भएर दुर्घटना भएको प्रहरीले जनाएको छ ।

प्रहरीकाअनुसार दुर्घटनामा ट्याक्टर चालक बुढिगंगा नगरपालिका–४ खोलालवाडा बस्ने ३२ वर्षीय पदम रावतको घटनास्थलमै मृत्यु भएको हो । रावतको ट्याक्टरको ट्राली मुनी च्यापिएर घटनास्थलमै मृत्यु भएको प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।

ट्याक्टरमा सवार मृतक चालकका १२ वर्षीय छोरा शमशेर रावत घाइते भएका छन् । उनको स्थानीय स्वास्थ्य चौकीमा उपचार भइरहेको छ भने ट्याक्टर सवार अन्य दुई जना सकुशल रहेको प्रहरीले जनाएको छ ।

विज्ञापन

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार

भर्खरै