होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

सोमवार, फाल्गुन २६, २०८१
जोडिनुहोस
  • होमपेज
  • बाजुरा बिशेष
  • भीरमा अड्किएका आठ जनाको स्थानीय र सुरक्षाकर्मीद्धारा उद्धार
बाजुरा बिशेष

भीरमा अड्किएका आठ जनाको स्थानीय र सुरक्षाकर्मीद्धारा उद्धार

  • नागरिक रैबार
भीरमा अड्किएका आठ जनाको स्थानीय र सुरक्षाकर्मीद्धारा उद्धार

नागरिक रैबार/बाजुरा २६ फागुन। बाजुराको स्वामीकार्तिक खापर गाउँपालिकामा भीरबाट लडेर मृत्यु भएकाको उद्धारका लागि गएका आठ जनाको उद्धार सकुशल गरिएको छ ।

आइतबार दिउँसो कर्णाली नदीमा माछा मार्न गएका र घर फर्कने क्रममा सोही गाउँपालिका–२ फयाल गाउँका स्थानीय पुसे भण्डारीको भीरबाट लडेर मृत्यु भएको थियो ।
भीरबाट लडेका भण्डारीको उद्धारका लागि गएका सोही गाउँका आठ जनालाई  सुरक्षाकर्मी र स्थानीयको सक्रियतामा सकुशल उद्धार गरिएको छ ।  भीरको फेदीमा रहेको कर्णाली नदीको किनारमा रोकिएकाको ¥याप्टिङ मार्फत उद्धार गरिएको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ ।

भीरबाट लडेर मृत्यु भएका भण्डारीको उद्धारमा गएका स्थानीय र प्रहरीको सोमबार विहान हिमाली गाउँपालिकाको धुलाचौरबाट ¥याप्टिङ ल्याएर सकुशल उद्धार गरिएको जिल्ला प्रहरी कार्यालय बाजुराले बताएको छ ।

माछा मार्न गएका बेला मृत्यु भएका भण्डारीको कानुनी प्रक्रिया पुरा गरेर शव आफन्तलाई बुझाइएको प्रहरीले जनाएको छ ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार

भर्खरै