होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

सोमवार, फाल्गुन २६, २०८१
जोडिनुहोस
  • होमपेज
  • Breaking News
  • बुढीगंगा-१ छाउपडी गोठमुक्त वडा घोषणा
Breaking News

बुढीगंगा-१ छाउपडी गोठमुक्त वडा घोषणा

  • नागरिक रैबार
बुढीगंगा-१ छाउपडी गोठमुक्त वडा घोषणा

नागरिक रैबार/बाजुरा २६ फागुन। बाजुराको बुढीगंगा नगरपालिका वडा नम्बर १ लाई छाउपडी गोठमुक्त वडा घोषणा गरिएको छ ।
शनिवार एक कार्यक्रमका विच वडालाई छाउपडी गोठमुक्त वडा घोषणा गरिएको हो ।  वडामा रहेका छाउपडीका लागि बनाइएका गोठहरुको स्थानीयको सक्रियतामा हटाएर छाउपडी महिलाहरुलाई सुरक्षित तरिकाले घरभित्रै बस्न सक्ने गरी बनाएपछि वडालाई छाउपडी गोठमुक्त घोषणा गरिएको १ का वडा अध्यक्ष रणबहादुर थापाले बताएका छन् ।

वडामा रहेका अम्कोट,डुँग्री,कुडी र मल्लो कुँडीका वस्तीहरुमा अनुगमन गर्दा विगतमा छाउपडी गोठ देखिएका भएपनि वडा कार्यालयले अभियानलाई तिव्रता दिएपछि गोठ नभेटिएको वडा अध्यक्ष थापाले बताएका छन् ।

वडामा रहेका महिलाहरुको छाउ भएका बेला घर भन्दा बाहिर गोठमा बस्ने र दुध दही खान नदिने प्रचलनका कारण अकालमा ज्यान गुमाउने गरेकाले महिनाबारी(छाउ) भएका बेला सुरक्षित रुपमा घरभित्रै बसाउने र उनीहरुको ज्यानको सुरक्षा हुने भएकोल वडाले उक्त अभियान संचालन गरेको थियो ।

विज्ञापन

वडाका विन्नि वस्तीहरुका महिला समुह,आमा,बाल क्लव जनप्रतिनिधीहरुले छाउपडी गोठ भत्काउने र र वडाले छाउ गोठ बनाएकाहरुलाई वडाबाट दिइने सेवा सुविधा रोक्ने सार्वजनिक रुपमा बहिस्कारगर्ने अभियान चलाएको थियो ।

वडामा रहेका महिलाहरु छाउ भएका बेला गोठमा बस्ने र कतिपय महिलाहरु बलाकृतको सिकार हुने,सर्प,जंगली जनावरले आक्रमण गर्नसक्ने भएकाले घरभित्र राख्न वडाको अनुगमनबाट सुझाव दिइएपछि स्थानीयहरुले केही वर्ष पहिले नै छाउ गोठ भत्काएर घरमै बसाउने गरेको पाइएको वडा अध्यक्ष थापाको भनाई रहेको छ ।

शनिबार वडा नम्बर १ ले आयोजना गरेको ११५ औंन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा छाउपडी गोठ मुक्त वडा घोषणा गरिएको हो । कार्यक्रममा वडामा रहेका सात जनालाई सासु र बुहारीलाई सम्मान गरिएको छ । घरमा कलह नगर्ने र मेलमिलाप गरेर बस्ने सात जनालाई सम्मान गरिएको वडा कार्यालयले जनाएको छ । यस्तै वडाले महिला महिनाबारी भएका बेला छुवाछुत नमान्ने र पोषिलो खानेकुरा दुध दही मही दिने तीन जलाई पनि सम्मान गरेको नगर उप प्रमुख माया खड्का(कुँवर)ले बताएकी छन् ।

वडाअध्यक्ष रणबहादुर थापाको अध्यक्षतामा संचालन भएको कार्यक्रममा बुढीगंगा नगरपालिकाकी उप प्रमुख माया खड्का(कुँवर) प्रमुख अतिथी रहेकी थिइन् । छाउपडी गोठमुक्त वडा घोषणा कार्यक्रममा वडाका विभिन्न राजनितिक दलका प्रमुख तथा प्रतिनिधी,समाजसेवी,बुद्धिजीवी,वडाका जनप्रतिनिधीहरु र स्थानीयहरु सहभागी थिए ।

छाउपडी गोठमुक्त वडा घोषणा कार्यक्रममा सचेतना मुलक देउडा सडक नाटक समेत प्रदर्शन गरिएको थियो । छाउपडी गोठमुक्त वडा घोषणा कार्यक्रममा संचालन वडा महिला अधिकार मंचकी सचिव तुलसी भट्टले गरेकी थिइन् ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार

भर्खरै