होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

सोमवार, फाल्गुन २६, २०८१
जोडिनुहोस
  • होमपेज
  • Breaking News
  • भीरबाट लडेर एकको मृत्यु ,अन्य ८ जना भीरमै अट्कीए
Breaking News

भीरबाट लडेर एकको मृत्यु ,अन्य ८ जना भीरमै अट्कीए

  • नागरिक रैबार
भीरबाट लडेर एकको मृत्यु ,अन्य ८ जना भीरमै अट्कीए

नागरिक रैबार/बाजुरा २६ फागुन। बाजुराको स्वामीकार्तिक खापर गाउँपालिकामा भीरबाट लडेर एक जनाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा सोही गाउँपालिका–२ फयालगाउँ बस्ने अन्दाजी ४२ वर्षीय पुसे भण्डारी रहेका छन् ।

कर्णाली नदीमा माछा मार्न जाने क्रममा नदी नजिकै रहेको हाँडेको भीरबाट लडेर भण्डारीको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ । मृतकको शव निकाल्नका लागि इलाका प्रहरी कार्यालय कोल्टीबाट प्रहरी निरिक्षको टोली घटनास्थलमा गएको प्रहरीले बताएको छ ।

उद्धारमा गएका ८ जना भिरमै अड्कीए

विज्ञापन

भिरबा लडेर मृत्यु भएका भण्डारीको खोजी तथा उद्धारमा गएका अन्य ८ जना स्थानिय समेत सोही भिरमा अड्कीएका छन । उद्धारमा गएका स्थानिय आफै भिरमा अड्कीएका छन् ।

जाने बेला सहज रुपमा गएका र फर्किन कठिनाई भएका कारण स्थानिय १ महिला ३ बालबालिका र ४ जना युवाहरु सोही भिरमा अड्किएको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ ।

भिरमा अट्कीएका स्थानीय र मृतकको शव उद्धारका लागि अहिले हिमाली गाउँपालिकाबाट डुगां लिएर उद्धार गर्न लागिएको छ ।

कर्णाली नदिमा डुगांबाट उद्धार गर्दा जोखीम भएकोले केही कठीनाइ भएको स्थानीय जनेश भण्डारीले बताएका छन् ।
उद्धारका लागि प्रहरीको टोली समेत घटना स्थलमा पुगिसकेको छ । भिरबाट माथि जान नसकिने अवस्था भएमा उनिहरु भिरमै बसिरहेका छन् ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार

भर्खरै