होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

बुधबार, माघ ३०, २०८१
जोडिनुहोस
  • होमपेज
  • देश/प्रदेश
  • शंकर पोख्रेललाई नेता थापाको काउन्टर : जबजले दुई दलीय व्यवस्थालाई स्विकार्दैन
देश/प्रदेश

शंकर पोख्रेललाई नेता थापाको काउन्टर : जबजले दुई दलीय व्यवस्थालाई स्विकार्दैन

  • नागरिक रैबार
शंकर पोख्रेललाई नेता थापाको काउन्टर : जबजले दुई दलीय व्यवस्थालाई स्विकार्दैन

काठमाडौं, २८ माघ । नेकपा (एमाले) का प्रभावशाली नेता तथा पूर्वमन्त्री कर्णबहादुर थापाले जनताको बहुदलीय जनवादले एक दलीय, दुई दलीय वा दलविहीन व्यवस्थालाई स्विकार नगर्ने भन्दै महासचिव शंकर पोख्रेललाई कडा जवाफ फर्काएका छन् । उनले जबजले दलहरुबीचको प्रतिष्पर्धाबाट श्रेष्ठता सावित गर्ने राजनीतिक मान्यतालाई आत्मसात गर्ने पनि स्मरण गराएका छन् ।

फेशबुकमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै थापाले लेखेका छन्–

जनताको बहुदलिय जनवादले एक दलिय , दुई दलिय वा दलविहिन व्यवस्थालाई स्वीकार्दैन । समाजमा रहेको बहुलतालाई स्वीकार्दै बर्गस्थितिका आधारमा बनेका दलहरुका बीचको प्रतिस्पर्धाबाट श्रेष्ठता साबित गर्ने राजनीतिक मान्यतालाई आत्मसात गर्दछ । दलहरुले जनविश्वास प्राप्त गर्नको लागि जनतालाई अपिलसम्म गर्न सक्दछन् । जनता नै अन्तिम निर्णायक शक्ति हुन जसले दलहरुको स्थान तोकिदिन्छन । जबजको मान्यताका अनुसार जनवादी राज्य सत्ता हुदै समाजवादको विकासको अन्तिमचरणसम्म पुग्दा पनि यस मान्यतालाई राज्य व्यवस्थामा पालना गरिनेछ । यस राजनीतिक प्रतिवद्धताले जबजलाई नेपाली क्रान्तिको मौलिक र विशिष्ट सिद्धान्त बनाएको हो । जसका कारणले जनताद्धारा व्यापक समर्थन प्राप्त भएको हो । एमालेको सम्पूर्ण पंत्ति जबजको मार्गदर्शनमा चल्नु पर्दछ । पाँचौ राष्टिय महाधिबेशनदेखि दशौ राष्टिय महाधिवेशनको फैसलालाई आत्मसात गर्नु पर्दछ । कुनै पनि तहको व्यक्तिमा अस्पष्टता छ भने कमिटीमा व्यापक बहस गरिनु पर्दछ । ऐतिहासिक द्धन्द्धात्मक भौतिकवादी विश्वदृष्टिकोण जबजको दार्शनिक मान्यता भएकाले आत्मिक नेतृत्वको मान्यतालाई स्वीकार्ने कुराको त कल्पना पनि गर्न सकिदैन । सबै स्पष्ट हौ, जबजको मान्यतालाई कसिलो गरी समातौ ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार

भर्खरै