होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

शुक्रबार, पुस २६, २०८१
जोडिनुहोस
  • होमपेज
  • समीक्षा
  • मार्तडी देखि काेल्टीसम्म बस सेवा संचालनमा आयाे
समीक्षा

मार्तडी देखि काेल्टीसम्म बस सेवा संचालनमा आयाे

  • नागरिक रैबार
मार्तडी देखि काेल्टीसम्म बस सेवा संचालनमा आयाे

नागरिक रैबार/बाजुरा २६ पुस ।बाजुराकाे सदरमुकाम मार्तडी देखि काेल्टी सम्म नियमित चल्ने गरि आजबाट बससेवा संचालनमा आएकाे छ ।
मार्तडी-काेल्टी सडक सिलान्यासकाे २५ वर्षपछि उक्त सडकमा आजबाट संचालन हुने गरि बस सेवा सूरू गरिएकाे हाे ।

२०५६ सालमा मार्तडी देखि काेल्टीसम्मकाे करिव ४२ किलाेमिटर सडक २२ वर्षपछि स्तराेन्नति गरिएकाे थियाे।

सदरमुकाम मार्तडी बजारबाट चुथिसम्म ९ किलोमिटर पक्की सडक बनेकाे छ भने बाँकि काेल्टीसम्मकाे सडक डवल कटिङ गर्ने काम भईरहेकाे छ ।

विज्ञापन

काेल्टीसम्म नियमित बससेवा संचालन गर्ने गरि आजबाट महाकाली यातायात प्रालिले सेवा सूचारू गरेकाे प्रमुख जिल्ला अधिकारी मेघनाथ पाध्याले बताएका छन् ।

मार्तडी काेल्टी सम्म नियमित बस सेवा संचालनका लागि आज एक कार्यक्रमका विच जिल्ला समन्वय समिति बाजुराका प्रमुख तुलसीराम राेकायाले रिवन काटेर सेवाकाे उद्घाटन गरेका छन् ।

मार्तडी काेल्टी सडकमा बससेवा नियमित गर्न जिल्ला प्रशासन कार्यालय बाजुराले अघिल्लो वर्ष अनुमानि दिएकाे भएपनि व्यवसायीहरूले सडक समस्या देखाउँदै सेवा सूचारू गर्न सकेका थिएनन् ।

मार्तडी- काेल्टी सडकमा पहिलाेपटक नियमित रूपमा संचालन हुने गरि बस सेवा संचालनमा आएपछि पुर्विउत्तर क्षेत्रका ४ स्थानीय तहसहित छिमेकि जिल्ला हुम्ला, मुगु र कालिकाेटका नागरिकहरूका लागि धनगढी महेन्द्रनगर र नेपालगंज सम्म यात्रा गर्न सहज हुने भएकाे छ ।

लामाे समयकाे प्रयासपछि मार्तडी- काेल्टी सडकमा बस सेवा सूचारू भएकाे बुढीनन्दा नगरपालिकाका नगरप्रमुख जनक कुमार बाेहराले बताएका छन् ।

उनले भने अब काेल्टी क्षेत्रका जनताहरूले आफ्नै घरदैलाेबाट नै बसमा यात्रा गर्न पाउने छन् । बससेवा सूचारू हुनु अघि यहाँका नागरिकहरूले जिपमा यात्रा गर्दै आएका थिए ।

बससेवा संचालन कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख तुलसीराम राेकाया, बडीमालिकाका नगरप्रमुख अमरबहादुर खड्का, बुढीनन्दाका नगरप्रमुख जनककुमार बाेहरा, प्रमुख जिल्ला अधिकारी मेघनाथ पाध्या, प्रहरी प्रमुख डिएसपी दिलिपकुमार गिरी लगायत सहभागी भएका थिए ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार

भर्खरै