नागरिक रैबार/बाजुरा २४ साउन। प्रशिद्व धार्मिक स्थल बुढीनन्दा माताको दर्शन गर्न गएका एक जना सम्पर्क विहिन भएका छन् ।
सम्पर्क विहिन हुनेमा बडीमालिका नगरपालिका ९ उखाडी निवासी ५५ वर्षका खिमराज उपाध्याय रहेका छन् । बुढीनन्दा माताको दर्शन गरेर फर्किने क्रममा चरिदह भन्ने स्थानबाट सम्पर्क विहिन भएको उनका छोरा हिमालराज उपाध्यालय जानकारी दिएका छन् ।
उनका अनुसार सामान छुट्यो भनेर हेर्न गएका बेला हिजो शुक्रबार दिउसो ३ बजेबाट सम्पर्क विहिन बनेका हुन् । सम्पर्क विहिन भएका उपाध्यायको खोजिका लागि खबर गरिदिन परिवारले सवैलाई आग्रह गरेको छ ।
बुढीनन्दा र बडीमालिकामा हिजो एकै साथ पुजा लागेको थियो ।
फेसबुक प्रतिक्रियाहरु