होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

शनिबार, साउन २५, २०८२
जोडिनुहोस
  • होमपेज
  • बाजुरा बिशेष
  • बडीमालिका दर्शन गरेर फर्किएका तीर्थयात्रीको लडेर मृत्यु
बाजुरा बिशेष

बडीमालिका दर्शन गरेर फर्किएका तीर्थयात्रीको लडेर मृत्यु

  • नागरिक रैबार
बडीमालिका दर्शन गरेर फर्किएका तीर्थयात्रीको लडेर मृत्यु

बाजुराको बडीमालिका दर्शन गरेर नाटेश्वरी फर्किने क्रममा एक जना तीर्थयात्रीको भीरबाट लडेर मृत्यु भएको छ ।

मृत्यु हुनेमा गोकर्णेश्वर नगरपालिका–५ काठमाडौं बस्ने ५२ वर्षीय विप्लव ओझा रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरिक्षक इकवाल हवारीले जानकारी दिए ।

हवारीका अनुसार बडीमालिका दर्शन गरेर बिहीबार साँझ ७ बजे नाटेश्वरी आउने क्रममा विस्नेपानी नजिकै भीरबाट लडेका ओझा खोल्सामा मृत भेटिएका हुन् ।

राति अबेर घटना घटेकाले खोल्सामा अड्किएको शव झिक्न नसकिएको प्रनाउ हवारीले बताए । लगातार वर्षा भइरहेकाले शवलाई खोलाबाट माथि ल्याउन समस्या भएको छ ।

उद्धारका लागि नेपाली सेनाको हेलिकप्टर ल्याउने तयारी गरिएपनि मौसम खराबीका कारण सम्भव नभएको प्रहरीले जनाएको छ ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार

भर्खरै