होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

बिहिबार, साउन ९, २०८२
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • बाम्का बजारका आगलागी पीडितलाई सुदूरपश्चिम प्रदेशकाे ४० लाख सहयाेग
समाचार

बाम्का बजारका आगलागी पीडितलाई सुदूरपश्चिम प्रदेशकाे ४० लाख सहयाेग

  • नागरिक रैबार
बाम्का बजारका आगलागी पीडितलाई सुदूरपश्चिम प्रदेशकाे ४० लाख सहयाेग

नागरिक रैबार/बाजुरा २५ जेठ। सुदूरपश्चिम प्रदेश सरकारले बाजुराको बाम्का बजारका आगलागी पीडितलाई ४० लाख आर्थिक सहयोग गर्ने निर्णय गरेको छ ।

आइतवार बिहान बसेको मन्त्री परिषद्को बैठकले बाम्का बजारका आगलागी पीडितलाई राहत स्वरुप तत्काल ४० लाख रुपैयाँ सहयोग गर्ने निर्णय गरेको हो ।
त्यस्तै प्रदेश सरकारले आगलागीबाट पीडितहरुलाई आर्थिक सहयोगसँगै जिन्सी १५ वटा ठूलो टेन्ट, ३४ वटा कम्बल र ३४ वटा त्रिपाल उपलब्ध गराउने निर्णय गरेको छ ।
मुख्यमन्त्री कमलबहादुर शाहले मानविय सहायता स्वरुप तत्काललाई प्रदेश सरकारले सम्बन्धित पालिकालाई सो रकम उपलब्ध गराउने बताएका छन् । उनले पालिकाले मापदण्ड तयार गरेर आगलागी पीडितलाई रकम उपलब्ध गराउने निर्णय गरेको बताए ।
शुक्रवार बाम्का बजारमा रहेको नवदुर्गा होटलमा सिलिण्डर ग्याँस पड्किएर आगलागी हँदा करिब २० वटा पसलहरु पूर्ण रुपमा जलेर नष्ट भएका छन् । त्यस्तै शनिवारदेखि घटनाको एकिन विवरण संकलन कार्य भइरहेको छ भने आगलागीबाट कम्तिमा २० करोडको क्षति भएको अनुमान गरिएको छ ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार

भारी वर्षाको अनुमान छ, अत्यावश्यकबाहेक यात्रा नगर्नू, सुरक्षित स्थानमा बस्नू : प्रधानमन्त्री
देश/प्रदेश
भारी वर्षाको अनुमान छ, अत्यावश्यकबाहेक यात्रा नगर्नू, सुरक्षित स्थानमा बस्नू : प्रधानमन्त्री

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले नागरिकलाई अत्यावश्यकबाहेक यात्रा नगर्न र सुरक्षित स्थानमा बस्न अनुरोध गरेका छन्।मौसम पूर्वानुमान महाशाखाले आज दिउँसोदेखि देशका विभिन्न भू–भागमा भारी वर्षाको सम्भावना रहेको जानकारीका गराएपश्चात प्रधानमन्त्री ओलीले सुरक्षाकर्मीहरूलाई तयारी अवस्थामा रहन निर्देशन दिएका हुन्। बाढी, पहिरो, डुबानलगायत सम्भावित विपद्‌बाट हुनसक्ने क्षति न्यूनीकरणका लागि संघ, प्रदेश र स्थानीय सरकारका सम्बन्धित निकायहरूलाई […]

  • ४ दिन अगाडि

भर्खरै