होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

शनिबार, साउन २५, २०८२
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • पूर्व मेयर बडुवालको लोभ लाग्दो भैंसी पालन व्यवसाय-आत्मनिर्भरताको उत्कृष्ट उदाहरण
समाचार

पूर्व मेयर बडुवालको लोभ लाग्दो भैंसी पालन व्यवसाय-आत्मनिर्भरताको उत्कृष्ट उदाहरण

  • नागरिक रैबार
पूर्व मेयर बडुवालको लोभ लाग्दो भैंसी पालन व्यवसाय-आत्मनिर्भरताको उत्कृष्ट उदाहरण

राजेन्द्र विक बाजुरा,२२साउन। स्थानीय सरकारको नेतृत्व सम्हालेर नागरिकको सेवा गरिसक्नुभएका बडिमालिका नगरपालिका, बाजुराका पुर्व मेयर पदम बडुवाल अहिले भने आफ्नै गाउँमा किसानको भूमिकामा रहनुभएको छ।

नेपाली कांग्रेस बाजुराका उपसभापति समेत रहनुभएका बडुवालले मेयरको कार्यकाल सकिएपछि आफ्नो जन्मथलो बडिमालिका नगरपालिका वडा नम्बर ६, जडाङ्गामा भैंसीपालन व्यवसाय संञ्चालन गर्दै आउनुभएको छ। उहाँको यो भैंसी पालन यात्रा आत्मनिर्भरता र श्रमसाधनमा आधारित जीवनशैली दैनिक बिदेशिने युवाका लागि प्रेरणाको स्रोत बनेको छ।

“सेवा राजनीति हो, तर म पेशाले किसान हुँ,” खुलस्त र प्रष्ट कुरा राख्ने बडुवाल भन्नुहुन्छ । काम गरेर खानुपर्छ, आत्मनिर्भर बन्नुपर्छ भन्ने मान्यता सहित भैंसी पालनमा लाग्नुभएका बडुवालका गोठमा हाल ४ ओटा भैंसी रहेका छन्। उहाँ दैनिक रुपमा भैंसीको मल सोहर्ने, घाँस काट्ने, स्याहार सुसार गर्ने लगायत प्राय सबै काम स्वयम् गर्नुहुन्छ। यिनै भैंसीहरूबाट दैनिक दूध बिक्री वितरण गरी मासिक झण्डै २० हजार बराबर रुपैयाँ आम्दानी हुने गरेको उहाँको भनाइ छ।

विज्ञापन

राजनीतिमा सक्रिय हुँदाहुदै बडुवालले होटेल व्यवसाय सञ्चालन गरेर आफ्नो परिवार धान्नुभयो। बालबच्चाको पढाइदेखि घरखर्चसम्म व्यवसायबाटै चलाउनुभयो।०७४ स्थानीय निर्वाचनमा जनताको विश्वास जितेर मेयर पदमा पुग्नुभयो। ५ बर्षे मेयरको कार्यकाल समाप्त भएपछि हाल भैंसी पालन मार्फत आफ्नो दैनिकीमा रमाइरहनुभएको छ। “राजनीति होस् या घरायसी जीवन, म सधैं श्रमलाई सम्मान गर्छु। किसान हुनु लाजको कुरा होइन, यो त गर्वको विषय हो।”उहाँको भनाइ छ।

पुर्व मेयर बडुवालको भैंसी पालन व्यवसाय अर्गानिक खान र आर्थिक आम्दानी को स्रोत मात्र बनेको छैन यसले अन्य युवाहरूका लागि पनि प्रेरणा दिएको छ। सरकारी पदमा रहेर काम गर्ने व्यक्तिले पछि पशुपालन जस्तो परिश्रमशील व्यवसायमा हात हालेर आत्मनिर्भरता देखाउनु उदाहरणीय हो। उहाँको भनाइमा, “सिर्जनशील र कडा मेहनत गर्ने हो भने गाउँमै बसेर पनि राम्रो आम्दानी गर्न सकिन्छ। देश विकास गर्ने हो भने युवाहरू विदेश जाने होइन, स्वदेशमै उत्पादनमूलक काममा लाग्नुपर्छ।”

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार

भारी वर्षाको अनुमान छ, अत्यावश्यकबाहेक यात्रा नगर्नू, सुरक्षित स्थानमा बस्नू : प्रधानमन्त्री
समाचार
भारी वर्षाको अनुमान छ, अत्यावश्यकबाहेक यात्रा नगर्नू, सुरक्षित स्थानमा बस्नू : प्रधानमन्त्री

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले नागरिकलाई अत्यावश्यकबाहेक यात्रा नगर्न र सुरक्षित स्थानमा बस्न अनुरोध गरेका छन्।मौसम पूर्वानुमान महाशाखाले आज दिउँसोदेखि देशका विभिन्न भू–भागमा भारी वर्षाको सम्भावना रहेको जानकारीका गराएपश्चात प्रधानमन्त्री ओलीले सुरक्षाकर्मीहरूलाई तयारी अवस्थामा रहन निर्देशन दिएका हुन्। बाढी, पहिरो, डुबानलगायत सम्भावित विपद्‌बाट हुनसक्ने क्षति न्यूनीकरणका लागि संघ, प्रदेश र स्थानीय सरकारका सम्बन्धित निकायहरूलाई […]

  • ३ हप्ता अगाडि

भर्खरै