होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

सोमवार, असार २३, २०८२
जोडिनुहोस
  • होमपेज
  • Breaking News
  • मार्तडीमा जीप र अटो एक आपसमा ठोकिँदा एक जना महिला घाइते
Breaking News

मार्तडीमा जीप र अटो एक आपसमा ठोकिँदा एक जना महिला घाइते

  • नागरिक रैबार
मार्तडीमा जीप र अटो एक आपसमा ठोकिँदा एक जना महिला घाइते

राजेन्द्र विक बाजुरा,२३ असार। बाजुराको सदरमुकाम मार्तडी नजिकै तुफानडांडामा जिप र अटो एक आपसमा ठोक्किँदा एक महिला घाइते भएकी छन्।
जिल्ला प्रहरी कार्यालय बाजुराका अनुसार, से१ ज ६०९ नम्बरको जिप मार्तडीबाट कारागार तर्फ जाँदै गर्दा विपरीत दिशाबाट आएको बडिमालिका नगरपालिका वडा नम्बर-४ ओलेनाका अन्दाजी ३३बर्षिय पदम नाथले चलाएको सु.प.प्र.०१००१ह६४०४नम्बरको अटो एक आपसमा ठोक्किएका थिए।
दुर्घटनामा परेर अटोमा सवार बडिमालिका नगरपालिका-१ पाटाकि ४१ बर्षिया इश्वरी खत्री घाइते भएकी छन्।घाइते खत्रीको दुबै घुंडा र ढाडमा चोट लागेकाले जिल्ला अस्पताल बाजुरामा उपचार भइरहेको र अवस्था मध्यम रहेको प्रहरी कार्यालय बाजुराले जनाएको छ।
घटनापछि दुबै सवारी साधन र चालक प्रहरिको नियन्त्रणमा लिइएको र घटना बारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बाजुराका सुचना अधिकारी देवबहादुर चौधरीले बताउनुभयो ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार