होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

शनिबार, जेष्ठ २५, २०८२
जोडिनुहोस
  • होमपेज
  • समाज
  • आगलागी पीडितका लागि उद्योग बाणिज्य संघले राहत संकलन गर्ने
समाज

आगलागी पीडितका लागि उद्योग बाणिज्य संघले राहत संकलन गर्ने

  • नागरिक रैबार
आगलागी पीडितका लागि उद्योग बाणिज्य संघले राहत संकलन गर्ने

नागरिक रैबार/बाजुरा २४ जेठ. बाजुराको बुढीगंगा नगरपालिका ६ स्थित बाम्का बजारका आगलागी पीडित व्यवासायीहरुका लागि बाजुरा उद्योग वाणिज्य संघले राहत संकलन अभियान चलाउने निर्णय गरेको छ ।

शनिबार बाजुरा उद्योग वाणिज्य संघमा बसेको आपतकालिन बैठकले बाम्का बजारमा भएको आगलागीबाट पीडित बनेका व्यवासायीहरुका लागि तत्काल राहत तथा पसल व्यवस्थापनका लागि संघ प्रदेश, स्थानीय तह र नेपाल उद्योग वाणिज्य संघ, प्रदेश महासंघ, जिल्ला, नगर उद्योग वाणिज्य संघ र अन्य संघ संस्थाहरुलाई अनुरोध गर्ने निर्णय गरेको हो ।

उद्योग वाणिज्य संघले जिल्ला भित्रका स्थानीय तह, नगर उद्योग वाणिज्य, स्थानीय व्यवसायीहरुबाट संकलन भएको राहत रकम बाजुरा उद्योग वाणिज्य संघको विपत व्यवस्थापन कोषमा जम्मा गरेर आगलागी पीडितलाई सहयोग गर्ने भएको हो ।

विज्ञापन

बाजुरा उद्योग वाणिज्य संघका उपाध्यक्ष चक्रबहादुर रोकायाको अध्यक्षतामा शनिवार विहान बसेको बैठकले बाम्का बजारका आगलागी पीडित व्यवसायीहरुका लागि स्थानीय बजार समितिका पदाधिकारीहरुसंग समन्वय गरेर राहत संकलन अभियान चलाउने निर्णय गरिएको बाजुरा उद्योग वाणिज्य संघले जनाएको छ ।

आगलागी पीडित व्यवसायीहरुको राहत संकलन अभियानका लागि मार्तडी, बाम्का, वेतालमाण्डौ, रिठा बजारमा उद्योग वाणिज्य संघका प्रथम उपाध्यक्षको नेतृत्वमा द्धित्तिय उपाध्यक्ष तुलाबहादुर रोकाया, सचिव अफिलाल धामी, कोषाध्यक्ष हंस सिंह, सदस्यहरु पार्वति जोशी, मिठिला सिंह, ज्ञानबहादुर थापा, टेकबहादुर धामी र बन्दना रोकायालाई खटाउने निर्णय गरेको हो ।

त्यस्तै सोही अभियानका लागि माथिल्लो भेगको कोल्टी, पीलुचौर र धुलाचौर बजारमा कोषाध्यक्ष हंस सिंह, भगिरथी शाही र सदस्य सचिव टेकबहादुर धामीलाई परिचालन गरिने बाजुरा उद्योग वाणिज्य संघले जनाएको छ ।

शुक्रबार दिउसो साँफे मार्तडी राजमार्ग अन्तरगत बुढीगंगा नगरपालिका ६ स्थित बाम्का बजारमा रहेको नवदुर्गा होटलमा खाना पाकाउने ग्यास सिलिण्डर पड्केर बजारका करिव ३५ बढी पसलहरु जलेर पुरै नष्ट भएका थिए । आगलागीबाट करिव ८ करोड बढीको क्षेति भएको थियो ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार