होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

मङ्लबार, फाल्गुन २७, २०८१
जोडिनुहोस
  • होमपेज
  • बाजुरा बिशेष
  • जगन्नाथकाे एक भेडीगाेठमा आगलागी हुँदा लाखौंको क्षति
बाजुरा बिशेष

जगन्नाथकाे एक भेडीगाेठमा आगलागी हुँदा लाखौंको क्षति

  • नागरिक रैबार
जगन्नाथकाे एक भेडीगाेठमा आगलागी हुँदा लाखौंको क्षति

नागरिक रैबार/बाजुरा २३ फागुन। बाजुराकाे जगन्नाथ गाउँपालिका-१ पानीखाल लेखको भेडीगाेठमा आगलागि भएको छ ।

आगलागीबाट सोही गाउँपालिका-१ का अर्जुन गिरीको भेडी गोठमा रहेका चारवटा भेडा मरेको र नगद ४० हजार, त्रिपाल, बलांकेट, कम्मल, लुगाकपडा, खाद्यान्न, मोवाईल लगायतका सामग्री जलेर नष्ट भएका छन् ।

भेडीगाेठमा चुलोमा आगो बलिरहेकाे बेला एकाएक चलेकाे हावाहुरीले आगलागी हुँदा चार भेडा सहित भेडीगाेठमा रहेका अन्य मालसामान जलेर नष्ट भएकाे जगन्नाथ गाउँपालिका १ का वडाअध्यक्ष गणेशराज गिरीले बताएका छन् ।

आगलागिबाट भएको क्षतीको विवरण संकलन गर्न प्रहरी सहितको टोली घटनास्थलमा गएको वडाअध्यक्ष गिरी बताएका छन् । आगलागिबाट भएकाे क्षति विवरण आउन बाँकी रहेको छ ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार

भर्खरै