बाजुराको सदरमुकाम मार्तडीमा ‘बाजुरा कप २०८२’ फुटबल प्रतियोगिता आयोजना हुने भएको छ । प्रतियोगिता २२ देखि २६ गतेसम्म मालिका माध्यमिक विद्यालय मार्तडीमा हुन लागेको हो । बाजुरा कप २०८२” नामक ७ ए साइड फुटबल प्रतियोगिता आयोजना हुने भएको हो।
प्रतियोगितामा जिल्लाभरिका विभिन्न टिमहरूले सहभागिता जनाउने आयोजकले बताएको छ । प्रतियोगितामा सहभागी हुने खेलाडीहरू र टिमहरूले आश्विन २१ गते बेलुकासम्म टिम दर्ताका लागि रु ५००० नगदसहित अनिवार्य रूपमा उपस्थिति हुन् आग्रह गरिएको छ।
प्रतियोगितामा बिजेता टिमलाई रु. ६१,००० र उपविजेता टिमलाई रु. ३२,००० नगद प्रदान गरिने आयोजकले बताएको छ । त्यस्तै सर्वोत्कृष्ट खेलाडीलाई रु. ५,०००, सर्वोत्कृष्ट गोलकिपर रु. ५,००० र सर्वाधिक गोलकर्ता खेलाडीलाई रु. ३,००० पुरस्कार प्रदान गरिने भएको छ ।
यस प्रतियोगिताबाट जिल्लामा खेलकुदको विकास र युवाहरूको सहभागिता बढ्ने आयोजकहरूको अपेक्षा छ। साथै, प्रतियोगिताले स्थानिय प्रतिभाहरूलाई पहिचान गर्न सहयोग पुर्याउने विश्वास व्यक्त गरिएको छ।
फेसबुक प्रतिक्रियाहरु