नागरिक रैबार
बाजुरा २१ साउन
जिल्ला प्रहरी कार्यालय बाजुरामा कार्यरत कार्यालय सहयाेगी नर बहादुर रावलकाे उपचारका क्रममा काठमाडौंमा मृत्यु भएकाे छ ।
रावलकाे मंगलबार दिउसाे काठमाडौंकाे प्रहरी अस्पतालमा उपचारका क्रममा मृत्यु भएकाे मृतकका आफन्त नरेन्द्र रावलले बताएका छन् ।
उनका अनुसार रावलकाे एक महिनादेखि पेटमा पानी जम्ने समस्या देखिएपछि उपचारमा लागि काठमाडौं ल्याईएकाे थियाे ।
बडीमालिका नगरपालिका ८ निवासी ३९ वर्षीय रावल जिल्ला प्रहरी कार्यालय बाजुरामा भान्छेमा कार्यरत थिए ।
मृतक रावलकाे शव पाेष्टमार्टमका लागि टिचिङ अस्पतालमा राखिएको छ । पारिवारिक श्राेतका अनुसार रावलकाे पाेष्टमार्टम पछि आज पशुपति आर्यघाटमा अन्तिम दाहसंस्कार गरिनेे भएकाे छ ।
फेसबुक प्रतिक्रियाहरु