होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

शनिबार, कार्तिक १६, २०८२
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • धर्मा ओखेडाको स्वरमा ‘सुवा खेल्न्या खेल’ देउडा गीत सार्वजनिक (भिडियो)
समाचार

धर्मा ओखेडाको स्वरमा ‘सुवा खेल्न्या खेल’ देउडा गीत सार्वजनिक (भिडियो)

  • नागरिक रैबार
धर्मा ओखेडाको स्वरमा ‘सुवा खेल्न्या खेल’ देउडा गीत सार्वजनिक (भिडियो)

नागरिक रैबार/बाजुरा २२ फागुन। नवदित गायिका धर्मा कुमारी ओखेडाको स्वरमा रहेको नयाँ देउडा गीत ‘सुवा खेल्न्या खेल’ सार्वजनिक सार्वजनिक भएको छ ।

सार्वजनिक गीतमा धर्मासंगै रमेश मुस्कानको स्वर रहेको छ । कुमार मटेलीको शब्द, विकास रोकाया र दिलबहादुर विकको लय रहेको उक्त गीत रोकाया डिजिटल म्युजिक युट्युव च्यानलमा सार्वजनिक भएको हो ।

रोकाया डिजिटल म्युजिक युट्युव च्यानलमा सार्वजनिक भएको उक्त गीतलाई पाँच दिनमा ९ हजार बढीले दर्शकले हेरिसकेका छन् ।मालश्री स्टुडियोमा रेकर्ड गरिएको उक्त गीतको एरेन्ज/मिक्सिङ राजेन्द्र बाजुरालीले गरेका छन् ।

विज्ञापन

भारतको बेङलोरका विभिन्न ठाउँमा छायाकंन गरिएको उक्त गीतलाई रमेश विजुली विसिले निर्देशन गरेका छन् । विकास रोकायाको छायांकन रहेको यस गितलाई अनिता रोकायाले सम्पादन गरेकी हुन् ।

गीतमा अभिनय अनिता रोकाया, रमेश बिजुली बिसी र बिनोद बुढा लगायतले गरेका छन् । नवदित गायिका धर्मा भारतमा बसेर पनि नेपाली गीत संगितलाई निरन्तरता दिदै आएकी छन् । बाजुराको बडीमालिका नगरपालिका ९ मा स्थायी घर भएकि ओखेडाका यस अघि पनि विभिन्न गीतहरु बजारमा आईसकेका छन् ।
 

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार

पहिरोका कारण मुग्लिङ-नारायणघाटसहित ५ राजमार्ग पूर्णरूपमा अवरुद्ध
देश/प्रदेश
पहिरोका कारण मुग्लिङ-नारायणघाटसहित ५ राजमार्ग पूर्णरूपमा अवरुद्ध

मुलुकका विभिन्न ठाउँमा परेको वर्षाका कारण आएको बाढी-पहिरोका कारण प्रमुख पाँच राजमार्ग अवरुद्ध भएका छन् । प्रहरी प्रधान कार्यालयले दिएको जानकारीअनुसार पहिरोका कारण सङ्खुवासभाको भोटखोला गाउँपालिका-४ वरुणस्थित कोशी राजमार्ग, सङ्खुवासभाको मकालु गाउँपालिका-३ एकुवास्थित कोशी राजमार्ग पूर्णरूपमा अवरुद्ध भएका हुन् । त्यस्तै, रसुवाको गोसाइँकुण्ड गाउँपालिका-२ पासाङल्हामु राजमार्गस्थित नेपाल-चीन जोड्ने मितेरी पुल, चितवनको इच्छाकामना गाउँपालिका-५ स्थित मुग्लिङ-नारायणघाट […]

  • १ महिना अगाडि

भर्खरै