होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

सोमवार, अशोज १३, २०८२
जोडिनुहोस
  • होमपेज
  • देश/प्रदेश
  • बाजुराको सरकारी टोली पूजा सामग्री लिएर बडीमालिकामा प्रस्थान
देश/प्रदेश

बाजुराको सरकारी टोली पूजा सामग्री लिएर बडीमालिकामा प्रस्थान

  • नागरिक रैबार
बाजुराको सरकारी टोली पूजा सामग्री लिएर बडीमालिकामा प्रस्थान

नागरिक रैबार/बाजुरा २० साउन।  सुदूरपश्चिम प्रदेशको प्रसिद्ध धार्मिक तथा पर्यटकीय स्थल बडीमालिकाको पूजाका लागि बाजुराको सरकारी टोली आज त्यसतर्फ प्रस्थान गरेको छ ।

सहायक प्रमुख जिल्ला अधिकारी सितल बहादुर रावल र बडीमालिका नगरपालिका ४ का वडा अध्यक्ष अर्जुन नाथको नेतृत्वमा सरकारी टोली बडीमालिका प्रस्थान गरेको हो।

सरकारी टोलीले बाजुराको बडीमालिका माताको मन्दिरमा साउन २३ गते चतुर्दशीका दिन लाग्ने धार्मिक मेलामा पूजाआजा गर्ने भएको छ ।

विज्ञापन

मार्तडीको मालिका माईको मन्दिरमा विधिपूर्वक पूजा गरेर सरकारी टोली आज विहान बडीमालिकाको यात्रामा निस्केको छ ।
हरेक वर्ष साउन शुक्ल चतुदर्शीका दिन लाग्ने बडीमालिकाको मेलाका लागि जिल्लाको सरकारी टोली पुजा सामाग्री लिएर त्यसतर्फ प्रस्थान गरेको हो ।

बडीमालिको दर्शनका लागी तीर्थमा निस्केको सरकारी टोलीलाई नेपाली सेना, नेपाल प्रहरी र ससस्त्र प्रहरीले सलामी अर्पण गरी बाजागाजासहित बिदाई गरेको हो ।

मेलाका लागि हप्तादिनदेखि नै तीर्थयात्री त्यसतर्फ गईरहेका छन् । बडीमालिकामा क्षेत्रमा २२ पाटन र खेतीबेतीलगायत रमणीय ठाउँको अवलोकनसँगै मनोकांक्षा समेत पूरा हुने अपेक्षाका साथ यात्रुहरू बडीमालिका जाने गर्दछन् ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार

पहिरोका कारण मुग्लिङ-नारायणघाटसहित ५ राजमार्ग पूर्णरूपमा अवरुद्ध
देश/प्रदेश
पहिरोका कारण मुग्लिङ-नारायणघाटसहित ५ राजमार्ग पूर्णरूपमा अवरुद्ध

मुलुकका विभिन्न ठाउँमा परेको वर्षाका कारण आएको बाढी-पहिरोका कारण प्रमुख पाँच राजमार्ग अवरुद्ध भएका छन् । प्रहरी प्रधान कार्यालयले दिएको जानकारीअनुसार पहिरोका कारण सङ्खुवासभाको भोटखोला गाउँपालिका-४ वरुणस्थित कोशी राजमार्ग, सङ्खुवासभाको मकालु गाउँपालिका-३ एकुवास्थित कोशी राजमार्ग पूर्णरूपमा अवरुद्ध भएका हुन् । त्यस्तै, रसुवाको गोसाइँकुण्ड गाउँपालिका-२ पासाङल्हामु राजमार्गस्थित नेपाल-चीन जोड्ने मितेरी पुल, चितवनको इच्छाकामना गाउँपालिका-५ स्थित मुग्लिङ-नारायणघाट […]

  • ४ दिन अगाडि