नागरिक रैबार/बाजुरा २२ जेठ। बाजुरामा एक थुनुवाको मृत्यू भएको छ । जिल्ला प्रहरी कार्यालय बाजुरामा रहेका एक थुनुवाको उपचारका क्रममा जिल्ला अस्पताल बाजुरामा मृत्यू भएको हो ।
मृत्यु हुनेमा खप्तड छेडेदह गाउँपालिका-३ धनाल्तका ४२ वर्षीया जंग बहादुर रावत रहेका छन ।
श्रीमतिले अभद्र व्यवहारको मुद्धा दायर गरेपछि प्रहरीले उनलाई हिरासतमा राखेको थियो । बुधबार हिरासतमै एकाएक बिरामी भएपछि उनलाई जिल्ला अस्पताल बाजुरामा लगिएको उनको उपचारकै क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ ।
रावतले घरमा अत्याधिक मदिरा सेवन गरेर दैनिक झगडा गर्न थालेपछि श्रीमतिलेले नै सुधारका लागि भन्दै प्रहरीमा जाहेरी दिएको बुझिएको छ ।
फेसबुक प्रतिक्रियाहरु