होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

बिहिबार, फाल्गुन २२, २०८१
जोडिनुहोस
  • होमपेज
  • खेलकुद
  • बडीमालिकाले गर्यो रनिङ शिल्ड विजेता खेलाडीलाई सम्मान
खेलकुद

बडीमालिकाले गर्यो रनिङ शिल्ड विजेता खेलाडीलाई सम्मान

  • नागरिक रैबार
बडीमालिकाले गर्यो रनिङ शिल्ड विजेता खेलाडीलाई सम्मान

नागरिक रैबार/बाजुरा २१ फागुन। बाजुराको बडीमालिका नगरपालिकाले हालै सम्पन्न जिल्ला जिला स्तरीय १५ औँ राष्ट्रपति रनिङ शिल्ड विजेता खेलाडीहरुलाई बधाई सहित सम्मान गरेको छ ।

बुधबार मार्तडीमा एक कार्यक्रमका बिच १५ औँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उपाधी जितेका खेलाडीहरुलाई बधाई सहित सम्मान गरेको हो ।
१५ औँ जिल्ला स्तरको राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा नगरपालिकाका खेलाडीले प्रथम स्थान हाँसिल गरेपछि उक्त अवसरमा मार्तडीमा आज खुसियालीका साथ बधाई ज्ञापन गरिएको हो ।
शिल्डको उपाधी जितेको बडीमालिकाले आज एक कार्यक्रमका बिच शिल्डको उपाधी जित्ने बिद्यार्थी,प्रशिक्षक लगायत ब्यबस्थापक टिमलाई बधाई संगै सम्मान गरेको नगरपालिकाले जनाएको छ ।

नगर भित्रका विभिन्न बिद्यालयका विद्यार्थीहरुको सहभागितामा बिजयी जुलुस सहित मार्तडी बजार परिक्रमा गरी खुलामञ्चमा औपचारिक कार्यक्रम गरेर बधाई ज्ञापन गरेको थियो ।

नगर भित्रका खेलाडीहरुको खेलप्रति थप हौसला प्रदान गर्न र उनिहरुको खेल क्षेत्रको विकास गर्न नगरपालिकाले निरन्तर लागिरहने नगरप्रमुख अमर खड्काले बताएका छन् ।

जिल्लामा आयोजना हुने प्रत्येक वर्षका रनिङ शिल्डहरुमा उत्कृष्ट खेल प्रस्तुत गर्दै उपाधि हात पार्दै आएको बडीमालिकाले गत वर्ष कोल्टीमा भएको १४ औं राष्ट्रपति रनिङ शिल्ड भने पराजित हुन् पुगेको थियो ।
बुढीगंगा नगरपालिकामा आयोजना भएको रनिङ शिल्डमा बडीमालिकाले १८ स्वर्ण, १५ रजत र १३ काँस्य सहित सिल्डको उपाधि जितेको थियो ।

बुढीगंगा नगरपालिकामा रहेको भानोदय माध्यामिक बिद्यालयको खेलमैदानमा फागुन १२ गते देखि संचालन गरिएको १५ औं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता संचालन भएको थियो ।

खेलाडीहरुलाई बधाई तथा सम्मान कार्यक्रममा नगर प्रमुख अमर बहादुर खड्का,उपप्रमुख नन्दा कुमारी थापा, विभिन्न वडाका वडाअध्यक्ष,बिद्यालयका शिक्षक,बिद्यार्थी,नगर स्तरिय खेलकुद विकास समिति संयोजक राजेश पायल विक,बडीमालिका नगरपालिका निमित्त प्रमुख प्रशासकीय अधिकृत रंगमल विक,लगायत पत्रकारहरुको सहभागीता रहेको थियो ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार