होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

शनिबार, अशोज १८, २०८२
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • दुईदिनपछि गाउँमा भेटौला भन्दै हिँडेका नाथ बाटोमै अस्ताए
समाचार

दुईदिनपछि गाउँमा भेटौला भन्दै हिँडेका नाथ बाटोमै अस्ताए

  • नागरिक रैबार
दुईदिनपछि गाउँमा भेटौला भन्दै हिँडेका नाथ बाटोमै अस्ताए

मदन विक/बाजुरा १८ असोज । बाजुराका एक युवकको भारतमा मृत्यु भएको छ । मृत्यु हुनेमा बडीमालिका नगरपालिका ४ रिला घर भएका अन्दाजी वर्ष २८ का नरेन्द्र नाथ रहेका छन् ।

भारतको नयाँ दिल्लीबाट नेपाल आउने क्रममा पिलिभित बिसलपुर सडकस्थित नाथ चढेको ट्याक्सीको टायर बदल्ने क्रममा बिपरित दिसाबाट आएको ट्रकले नाथसहितलाई ठक्कर दिदा उनको घटना स्थलमै मृत्यु भएको भारतबाट उनका साथी चक्र महतले जानकारी दिएका छन् ।

बडीमालिका प्रवासी नेपाली एकता मंच भारतका संयोजक समेत रहेका नाथको मृत्युको खबरले सिंगो भारतमा रहेका नेपाली र गृह जिल्लाबासीले गहिरो पीडा भोग्नु परेको छ ।

विज्ञापन

गाउँमा होस् कि शहरमा, देशमा होस् कि विदेमा जुनसुकै नेपालीहरु आर्थिक अभावकै कारण उपचार नपाएर नमरुन भनेर भारतमै बसेर हरेक पटक विभिन्न अभियान चलाएर सहयोग गर्दै आएका थिए ।

नाथले केहि दिन यता आफ्‌नै गाउँ रिलामा रहेको भगवती दुर्गा माताको मन्दिरमा घण्ट चढाउनका लागि आर्थिक सहयोग संकलन अभियान चलाएका थिए । आफन्तका अनुसार उनी यतिखेर सोही अभियानबाट संकलित रकमले घण्ट किनेर गाउँमा रहेको भगवति मन्दिरमा चढाउनका लागि गाउँ फर्किदै थिए ।

मृतक नाथ रोजगारीको सिलसिलामा विगत ४ वर्षदेखि भारतको दिल्लीमा श्रीमतीसहित बस्दै आएका थिए । मृतक नाथले २ दिन अगाडि मात्रै आफ्‌नो सामाजिक संजालमा लेखेका थिए दुईदिनपछि गाउँमा भेटौला शुभरात्री भन्दै स्टाटस लेखेका थिए । तर त्यो स्टाटटस संगै उनको गाउँमा पुग्ने सपना विचबाटोेमै अस्ताएर गएको छ ।

हरेक गरिब दुखि र विभिन्न रोगसंग लडिरहेका नेपालीहरुको दुःखमा साथ दिदै आएका नाथको निधनपछि उनकी श्रीमतिसहित २ छोराछोरीको बेसहारा बनेका छन् ।

मृतक नाथको शव पोष्टमार्टमपछि गृह जिल्ला बाजुरा ल्याईने र हिन्दु परम्परा अनुसार अन्तिम दाहसंस्कार गरिने पारिवारिक श्रोतले जानकारी दिएको छ ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार