होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

मङ्लबार, मंसिर ३, २०८२
जोडिनुहोस
  • होमपेज
  • देश/प्रदेश
  • खराब मौसमका कारण आन्तरिक हवाई उडान प्रभावित
देश/प्रदेश

खराब मौसमका कारण आन्तरिक हवाई उडान प्रभावित

  • नागरिक रैबार
खराब मौसमका कारण आन्तरिक हवाई उडान प्रभावित

मौसम खराब भएपछि काठमाडौंस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हुने आन्तरिक उडान–अवतरण बन्द गरिएको छ ।

उडान हुन नसकेकाले आन्तरिक टर्मिनलमा यात्रुहरुको भिड लागेको छ । कतिपय वायु सेवा कम्पनीहरुले यात्रुहरुले काटेको टिकट क्यान्सिल गराइरहेका छन् ।

कोशी प्रदेशदेखि लुम्बिनी प्रदेशको पूर्वी भागसम्म पानी परिरहेको छ । पानीको मात्रा र क्षेत्र अझै बढ्ने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

कुनै कुनै प्रदेशमा भारी तथा अति भारी वर्षाको सम्भावना रहेकाले अत्यावश्यक बाहेकका सवारी साधन नचलाउन राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले अनुरोध गरेको छ ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार

भर्खरै