होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

बिहिबार, अशोज २, २०८२
जोडिनुहोस
  • होमपेज
  • राजनीति
  • विनोद विक स्मृति पत्रकारिता पुरस्कारबाट २ जना पत्रकार सम्मानित
राजनीति

विनोद विक स्मृति पत्रकारिता पुरस्कारबाट २ जना पत्रकार सम्मानित

  • नागरिक रैबार
विनोद विक स्मृति पत्रकारिता पुरस्कारबाट २ जना पत्रकार सम्मानित

नागरिक रैबार/बाजुरा २२ माघ । प्रेस चौतारी नेपाल जिल्ला समिति बाजुराले हरेक वर्ष प्रदान गर्दै आएको विनोद विक स्मृति पत्रकारिता पुरस्कारबाट यस वर्ष पत्रकार लक्ष्मीराज पाध्याय र कमला चंदारालाई प्रदान गरिएको छ ।

प्रेस चौतारी नेपाल बाजुराका संस्थापक विनोद कुमार विकको सम्मान र सम्झनामा स्थापना गरिएको विनोद स्मृति पत्रकारिता पुरस्कारबाट २ जना पत्रकार सम्मानीत भएका हुन् ।

प्रेस चौतारी नेपाल जिल्ला समिति बाजुराको आयोजनामा मंगलबार आयोजना गरिएको छैटौं जिल्ला अधिवेशन तथा २७ औं स्थापना दिवसको अवसरमा बडीमालिका खवरमा कार्यरत पत्रकार लक्ष्मीराज पाध्याय र रेडियो बाजुरामा कार्यरत कमला चंदारालाई नगद ५ हजार ५ सय ५५ सहित सम्मानित गरिएको प्रेस चौतारी बाजुराका अध्यक्ष मदन विकले बताएका छन् ।

प्रेस चौतारी बाजुराले प्रत्येक वर्ष स्थापना दिवसको अवसरमा प्रेस चौतारीमा आवद्ध भई पत्रकारिता क्षेत्रमा क्रियाशिल रहेर निरन्तर योगदान पुर्याउने १ महिला र एक पुरुष गरी २ जनालाई चौतारीको संस्थापक स्वर्गिय विनोद कुमार विकको स्मृतिमा पुरस्कार प्रदान गर्ने गरेको थियो ।

चौतारीको छैटौ जिल्ला अधिवेशन तथा २७ औं स्थापना दिवसको अवसरमा प्रदान गरिएको पुरस्कार कार्यक्रमका प्रमुख अतिथि नेकपा एमाले जिल्ला कमिटी अध्यक्ष लालबहादुर ओलीले पत्रकार पाध्याय र चंदारालाई दोसल्लासहित सम्मानित गरेका थिए ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार

राष्ट्रपतिद्वारा प्रतिनिधिसभा विघटन, फागुन २१ गते निर्वाचन
देश/प्रदेश
राष्ट्रपतिद्वारा प्रतिनिधिसभा विघटन, फागुन २१ गते निर्वाचन

राष्ट्रपति रामचन्द्र पौडेलले नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीको सिफारिमा प्रतिनिधिसभा विघटन गरेका छन्। प्रधानमन्त्री कार्कीले शपथग्रहणलगत्तै शुक्रबार राति नै प्रतिनिधिसभा विघटनको सिफारिस गरेकी थिइन्। राष्ट्रपति कार्यालयले विज्ञप्ति जारी गर्दै शुक्रबार राति ११ बजेदेखि लागू हुने गरी प्रतिनिधिसभा विघटन भएको जानकारी दिएको हो। राष्ट्रपतिले फागुन २१ गते प्रतिनिधिसभाको नयाँ निर्वाचन गर्ने घोषणा पनि गरेका छन्। कार्की ६ महिनाभित्र निर्वाचन गराउने प्रयोजनका लागि अन्तरिम सरकार प्रमुख नियुक्त भएकी […]

  • ५ दिन अगाडि