होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

आइतवार, साउन १९, २०८२
जोडिनुहोस
  • होमपेज
  • Breaking News
  • पहिरोको उच्च जोखिम्मा रेडियो पाैरखी
Breaking News

पहिरोको उच्च जोखिम्मा रेडियो पाैरखी

  • नागरिक रैबार
पहिरोको उच्च जोखिम्मा रेडियो पाैरखी

नागरिक रैबार/बाजुरा १८ साउन। बाजुराको सदरमुकाम मार्तडीमा अवस्थित रेडियो पाैरखी पहिरोको उच्च जोखिममा परेको छ । शनिबार साँझको अविरल वर्षास‌गै आइतबार विहान पहिरो गएपछि रेडियो स्टेशन पहिरोको जोखिममा परेको हो ।

आईतबार विहान आएको पहिरोले रेडियोको स्टेशन तलको पुरै पर्खाल भत्किएको रेडियो पौरखीका निमित्त स्टेशन मेनेजर रामबहादुर विकले बताएका छन् ।

उहाँका अनुसार रेडियो आगाडीको भाग पहिरोले बगाएको र प्रशारण कक्षको पुरै वाल चर्किएको हुँदा रेडियोमा कामकाज गर्न समस्या भएको हो । रेडियोको प्रशारण कक्ष नै पहिरोले चर्किएपछी रेडियो बन्द गर्नुपर्ने बाध्यता रहेको उनले जानकारी दिएका छन् । पहिरोका कारण रेडियो रेडियो नै जोखिममा परेपछि रेडियोबाट नियमित प्रशारण हुने सम्पुर्ण कार्यक्रमहरु स्थगन गरिएका छन् ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार

भर्खरै