होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

बिहिबार, जेष्ठ २३, २०८२
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • बाजुराको कोल्टीमा आईपुगे अभियान्ता सुनार, दलित जागरण सभामा सम्बोधन गर्ने
समाचार

बाजुराको कोल्टीमा आईपुगे अभियान्ता सुनार, दलित जागरण सभामा सम्बोधन गर्ने

  • नागरिक रैबार
बाजुराको कोल्टीमा आईपुगे अभियान्ता सुनार, दलित जागरण सभामा सम्बोधन गर्ने

नागरिक रैबार/बाजुरा २३ बैशाख । दलितका लागी दलित अभियानका संयोजक तथा सामाजिक अभियान्ता खगेन्द्र सुनार बाजुराको कोल्टीमा आईपुगेका छन् ।

दलित समुदायको हक हितका लागि पहिलोपटक बाजुराको कोल्टीमा आईपुगेका सुनारले भोलि हुने दलित जागरण सभालाई सम्बोधन गर्ने भएका हुन् ।

मंगलबार जिल्ला सदरमुका मार्तडी हुँदै कोल्टी पुगेका सामाजिक अभियान्ता सुनारलाई कोल्टी क्षेत्रका नागरिकहरुले फुलगुच्चा, खादा र फुलमाला लगायर स्वागत गरेका हुन् ।

विज्ञापन

जातीय भेदभाव तथा छुवाछुत उन्मुलन राष्ट्रिय दिवसको अवसरमा उक्त कार्यक्रमको आयोजना कोल्टीमा गरिने भएको हो ।
जिल्लाका दलित समुदायहरुले संविधानमा उल्लेख भए अनुसारका हक अधिकारमा यहाँका स्थानीय तहदेखि राज्य संयन्त्रले बन्चित गरेको भन्दै दलित समुदायको आम सहभागितामा जागरण सभाको आयोजना गरिन लागेको हो ।

शिक्षा र जनचेतनाको विकास भएसँगै बाजुरा जिल्लामा समेत दलित समुदाय अहिले आफ्ना हक र अधिकारको खोजी गर्दै आवाज उठाउन अग्रसर भएका छन् ।

संविधानमै उल्लेख गरिएका अधिकार पनि प्रत्येक्ष अनुभुति गर्न नपाएकोले यसका विरुद्ध बाजुराका दलित समुदायहरु एकजुट गराउन पहिलोपटक जागरण सभा गर्न लागिएको कार्यक्रम संयोजक दिपक कडाराले बताएका छन् ।

दलित समुदायलाई संविधानमा उल्लेख भएका अधिकारबाट राज्यसहितका संयन्त्रहरुमा स्थान नदिएको भन्दै यसका विरुद्ध दलित समुदाय एकजुट हुन्‌का लागि पनि यो कार्यक्रम गर्न लागिएको कार्यक्रम संयोजक कडाराले बताए ।

कोल्टीमा हुने जातीय भेदभाव तथा छुवाछुत विरुद्धको वृहत जागरण सभामा पुर्वीउत्ततरी क्षेत्रका ४ वटै पालिकाका दलित समुदायका नागरिकहरु कोल्टीमा पुगेका छन् ।

यसै गरि यहि २३ गतेका दिन बाजुराको सदरमुकाम मार्तडीमा समेत जिल्ला दलित नेटवकर्क बाजुराको आयोजनामा बृहज दलित जागरण सभाको आयोजना हुने भएको छ ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार