होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

आइतवार, साउन ५, २०८२
जोडिनुहोस
  • होमपेज
  • देश/प्रदेश
  • बझाङमा जातीय भेदभाव तथा छुवाछुत विरुद्ध जागरण सभा हुँदै
देश/प्रदेश

बझाङमा जातीय भेदभाव तथा छुवाछुत विरुद्ध जागरण सभा हुँदै

  • नागरिक रैबार
बझाङमा जातीय भेदभाव तथा छुवाछुत विरुद्ध जागरण सभा हुँदै

बझाङमा जातीय भेदभाव तथा छुवाछुत विरुद्ध वृहत जागरण सभा आयोजना हुने भएको छ । सुदुर पश्चिम का अन्य जिल्ला बाजुरा अछाममा आयोजना गरेको कार्यक्रम सकेर बझाङमा २६गते हुने जागरण सभा को आयोजना हुने भएको हो ।

जिल्लाका दलित समुदायहरुले संविधानमा उल्लेख भए अनुसारका हक अधिकारमा यहाँका स्थानीय तहदेखि राज्य संयन्त्रले बन्चित गरेको भन्दै दलित समुदायको आम सहभागितामा जागरण सभाको आयोजना गरिन लागेको हो ।

शिक्षा र जनचेतनाको विकास भएसँगै बझाङ जिल्लामा समेत दलित समुदाय अहिले आफ्ना हक र अधिकारको खोजी गर्दै आवाज उठाउन अग्रसर भएका छन् ।

विज्ञापन

संविधानमै उल्लेख गरिएका अधिकार पनि प्रत्येक्ष अनुभुति गर्न नपाएकोले यसका विरुद्ध बझाङका दलित समुदायहरु एकजुट गराउन पहिलोपटक जागरण सभा गर्न लागिएको हो ।

दलित समुदायको अधिकारका लागि र आन्दोलनलाई बलियो बनाउन अहिले विभिन्न जिल्लामा प्रदर्शन र आन्दोलन भइरहेका छन् । सोही अनुसार दलितका लागि दलित अभियान नामक बृहत जागरण सभाको आयोजना गर्न लागिएको हो ।

चैनपुरमा पहिलोपटक हुन् लागेको जातीय भेदभाव तथा छुवाछुत विरुद्धको वृहत जागरण सभामा प्रमुख अतिथिका रुपमा दलितका लागि दलित अभिायनका संयोजक खगेन्द्र सुनार आउने भएका छन् ।

दलित समुदायलाई संविधानमा उल्लेख भएका अधिकारबाट राज्य सहितका संयन्त्रहरु मा स्थान नदिएको भन्दै यसका विरुद्ध दलित समुदाय एकजुट हुन्‌का लागि पनि यो कार्यक्रम गर्न लागिएको हो ।

चैनपुरमा हुने जातीय भेदभाव तथा छुवाछुत विरुद्धको वृहत जागरण सभामा आम जन समुदाय तथा जिल्लास्थित १२ वटै पालिकामा दलित समुदायबाट विभिन्न पार्टीबाट प्रतिनिधित्व गर्ने स्थानीय तहका जनप्रतिनिधि र दलित समुदायका बुद्धिजिवीलाई आमन्त्रण गरिएको दलितका लागि दलित अभियान केन्द्रीय समिति भारतका सदस्य तथा राष्ट्रिय दलित गोलमेच सम्मेलनका केन्द्रीय सदस्य सुशील ओखेडाले जानकारी दिनुभएको छ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार

भारी वर्षाको अनुमान छ, अत्यावश्यकबाहेक यात्रा नगर्नू, सुरक्षित स्थानमा बस्नू : प्रधानमन्त्री
देश/प्रदेश
भारी वर्षाको अनुमान छ, अत्यावश्यकबाहेक यात्रा नगर्नू, सुरक्षित स्थानमा बस्नू : प्रधानमन्त्री

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले नागरिकलाई अत्यावश्यकबाहेक यात्रा नगर्न र सुरक्षित स्थानमा बस्न अनुरोध गरेका छन्।मौसम पूर्वानुमान महाशाखाले आज दिउँसोदेखि देशका विभिन्न भू–भागमा भारी वर्षाको सम्भावना रहेको जानकारीका गराएपश्चात प्रधानमन्त्री ओलीले सुरक्षाकर्मीहरूलाई तयारी अवस्थामा रहन निर्देशन दिएका हुन्। बाढी, पहिरो, डुबानलगायत सम्भावित विपद्‌बाट हुनसक्ने क्षति न्यूनीकरणका लागि संघ, प्रदेश र स्थानीय सरकारका सम्बन्धित निकायहरूलाई […]

  • ८ घन्टा अगाडि

भर्खरै