नागरिक रैबार/बाजुरा २१ माघ। बाजुरा सदरमुकाम मार्तडीको एक घरमा सोमबार दिउसो आगलागी भएको छ । बुढीनन्दा नगरपालिका पाण्डुसैनका पशुपति थापाको मार्तडीमा रहेको जस्ताले छाएको घरमा आगलागी भएको बुझिएको छ ।
आगलागि भएको घर प्रहरी, शसत्र र नेपाली सेना लगायत स्थानीयको सक्रियतामा नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ । प्रहरीका अनुसार आगलागिबाट भएको क्षति बारे विस्तृत विवरण संकलन गर्ने काम भइरहेको छ ।
फेसबुक प्रतिक्रियाहरु