होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

बिहिबार, अशोज २, २०८२
जोडिनुहोस
  • होमपेज
  • राजनीति
  • प्रेस चौतारी नेपाल बाजुराको छैटाैँ जिल्ला अधिबेशन भोलि हुने
राजनीति

प्रेस चौतारी नेपाल बाजुराको छैटाैँ जिल्ला अधिबेशन भोलि हुने

  • नागरिक रैबार
प्रेस चौतारी नेपाल बाजुराको छैटाैँ जिल्ला अधिबेशन भोलि हुने

नागरिक रैबार/बाजुरा २१ माघ। नेकपा एमाले निकट पत्रकारहरुको संगठन प्रेस चौतारी नेपाल बाजुरा शाखाको छैटाैँ जिल्ला अधिबेशन भोलि माघ २२ गते  हुने भएकाे छ ।

बाजुरा शाखाले संगठनकाे स्थापना दिवसकाे अवसर पारी स्थापना दिवसकै दिन माघ २२ गते नै छैटाै जिल्ला अधिबेशन गर्ने भएकाे हाे । बाजुरा शाखाकाे आज बिहान सम्पन्न बैठकले माघ २२ गते नै अधिबेशन स‌ंगै संगठनकाे स्थापना दिवस पनि मनाउने निर्णय गरीएकाे प्रेस चाैतारी नेपाल जिल्ला संगठन बाजुराका अध्यक्ष मदन विकले बताएका छन ।

जिल्ला शाखाले हरेक बर्ष स‌गठनकाे स्थापना दिवसकाे अवसरमा दिदै आएकाे बिनाेद स्मृती पत्रकारीता पुरस्कार र कृयाशिल महिला पत्रकार पुरस्कार पनि २७ औँ स्थापना दिवसकाे अवसरमा दुइ जना पत्रकारलाइ दिने निर्णय गरिएकाे प्रेस चाैतारी जिल्ला शाखा बाजुराका सचिव रमित विकले बताएका छन ।

प्रेस चाैतारी जिल्ला समिति बाजुराका अध्यक्ष मदन विककाे अध्यक्षतामा संचालन भएकाे बैठकमा प्रेस चाैतारी केन्द्रीय सदस्य बसन्त विश्वकर्मा र बिमला रावल, सुदुरपश्चिम प्रदेश कमिटी सदस्य लक्ष्मीराज पाध्याय, शाखाका सस्थापक अध्यक्ष प्रकाश सिंह, जिल्ला शाखाका पदाधिकारी लगायत सदस्यहरुकाे सहभागीतामा बैठक सम्पन्न भएकाे सचिव विकले बताएका छन ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार

राष्ट्रपतिद्वारा प्रतिनिधिसभा विघटन, फागुन २१ गते निर्वाचन
देश/प्रदेश
राष्ट्रपतिद्वारा प्रतिनिधिसभा विघटन, फागुन २१ गते निर्वाचन

राष्ट्रपति रामचन्द्र पौडेलले नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीको सिफारिमा प्रतिनिधिसभा विघटन गरेका छन्। प्रधानमन्त्री कार्कीले शपथग्रहणलगत्तै शुक्रबार राति नै प्रतिनिधिसभा विघटनको सिफारिस गरेकी थिइन्। राष्ट्रपति कार्यालयले विज्ञप्ति जारी गर्दै शुक्रबार राति ११ बजेदेखि लागू हुने गरी प्रतिनिधिसभा विघटन भएको जानकारी दिएको हो। राष्ट्रपतिले फागुन २१ गते प्रतिनिधिसभाको नयाँ निर्वाचन गर्ने घोषणा पनि गरेका छन्। कार्की ६ महिनाभित्र निर्वाचन गराउने प्रयोजनका लागि अन्तरिम सरकार प्रमुख नियुक्त भएकी […]

  • ५ दिन अगाडि