होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

शुक्रबार, असार २७, २०८२
जोडिनुहोस
  • होमपेज
  • देश/प्रदेश
  • सार्वजनिक यातायातको हड्तालपछि नेपाल प्रहरीले चलायो निःशुल्क बस
देश/प्रदेश

सार्वजनिक यातायातको हड्तालपछि नेपाल प्रहरीले चलायो निःशुल्क बस

  • नागरिक रैबार
सार्वजनिक यातायातको हड्तालपछि नेपाल प्रहरीले चलायो निःशुल्क बस

काठमाडौँ । राइड सेयरिङविरुद्ध आन्दोलनमा उत्रिएका सार्वजनिक यातायात व्यवसायीले अनिश्चितकालिन हड्ताल घोषणा गरेपछि नेपाल प्रहरीले काठमाडौँका विभिन्न रुटमा निःशुल्क बस सेवा सञ्चालन गरेको छ । यातायात व्यवसायीले सोमबारबाट गरेको हड्तालका कारण यात्रुहरुलाई समस्या परेको भन्दै प्रहरीले बस सेवा सञ्चालन गरेको हो ।

नेपाल प्रहरीले काठमाडौंका विभिन्न रुटमा सेवा सञ्चालन गरेको छ । जसमा एउटा रुट नयाँ बसपार्क–बालाजु–स्वयम्भू–कलंकी–बल्खु–सातदोबाटो–लगनखेल–जावलाखेल–थापाथली–माइतीघर–पुलचोक–जयनेपाल हल–नक्साल–बालुवाटार–टिचिङ–चक्रपथसम्म रहेको छ ।

त्यस्तै प्रहरीले अर्को रुटमा समेत बस चलाउने भएको छ । सो रुट एअरपोर्ट हुँदै कोटेश्वर–ठिमी–सल्लाघारी–सूर्यविनायक सम्म पुगेर पुनः सोही रुटबाट फर्किएर गौशाला–चावहिल–सुकेधारा–चक्रपथ–टिचिङ–बालुवाटार–नक्साल–रातोपुल हुँदै गौशाला पुग्ने बताइएको छ ।

सार्वजनिक यातायात व्यवसायीहरुले गरेको बन्दका कारण सर्वसाधारण यात्रुहरू, कार्यालय जानेहरूलाई समस्या परेको र उनीहरुलाई सेवा दिन बस सेवा सञ्चालन गरिएको नेपाल प्रहरीले जनाएको छ ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार

भर्खरै