होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

मङ्लबार, फाल्गुन २०, २०८१
जोडिनुहोस
  • होमपेज
  • देश/प्रदेश
  • इन्टरनेटमा भाइरल बाजुराकी राधिकाको कालिकोटमा मृत्यु !
देश/प्रदेश

इन्टरनेटमा भाइरल बाजुराकी राधिकाको कालिकोटमा मृत्यु !

  • नागरिक रैबार
इन्टरनेटमा भाइरल बाजुराकी राधिकाको कालिकोटमा मृत्यु !

कर्णाली करिडोर अन्तर्गतको जुड्डीमा आइपुग्दा एक महिला सडकको छेउमा बसेर मादल बजाउँदै गित गाउँदै थिइन । उनको अघि एक पुरुष विस्तारै नाचिरहेका थिए ।

गितको बोल थियोः

‘दिलमा तिमी, तिमि नै आँखामा,

तिम्रो माया छ मेरो नसा नसामा, रगत रगतमा

नसा नसामा हे रगत रगतमा…’

प्रल्हाद सुवेदीले लेखेको, कुलेन्द्र विक र विष्णु माझीले गाएको यो गितलाई आफ्नै तरिकाले मादल बजाउँदै महिलाले गाइरहेको र पुरुष नाचिरहेको देखेर प्रकाशले बाइक रोके र फोटो र भिडियो खिचे ।

उनले क्यामेरा तेर्स्याएपछि तिनै महिला र पुरुषले प्रकाशसँग केही सहयोग गरिदिन पनि आग्रह गरे । प्रकाशले केही सहयोग पनि गरे र फर्किएर टिकटक तथा फेसबुकमा सो नाचगानको भिडियो हालिदिए ।

११ फागुनमा उनले पोष्ट गरेको भिडियो इन्टरनेटमा रातारात भइरल भयो । प्रकाशले टिकटकमा पोष्ट गरेको पहिलो भिडियो २७ लाख मानिसले हेरेका छन् भने सो भिडियोमा प्रयोगकर्ताहरुले २४ हजार ६ सय वटा भिडियो बनाएका छन् ।

फेसबुक र एक्समा पनि उनको भिडियो निकै रुचाइएको छ । इन्टरनेटमा भाइरल भएपछि चौतर्फी यो जोडीको खोजी सुरु भएको छ । तर, जोडीको गाउने र बजाउने महिला अर्थात राधिका बादी भने मृत फेला परेकी छिन् ।

प्रकाशकाअनुसार जुड्डिमा यो जोडी भेटिएका थिए । बाजुराको बडीमालिका नगरपालिका २ घर भएका उनिहरूको नाम जोगेन्द्र बादी र राधिका बादी हो । लोपाेन्मुख समुदायका उनीहरु यसैगरी गीत गाएर चहार्ने र पैसा मागेर गुजारा गर्ने गरेका थिए ।

‘मैले २०८१ फागुन १० गते खिचेको भिडियो सामाजिक सञ्जालमा ठिक १ हप्ता अगाडी अर्थात फागुन ११ गते दिउँसो राखेको थिएँ,’ प्रकाशले भने ।

विगतमा बादी समुदाय यसरी नै गुजारा गर्थे, तर पछिल्लो समय उनीहरूको कला र पेसा लोप हुँदै आएको छ ।उनीहरुको घर बाजुराको बडिमालिका नगरपालिका २ हो । राधिकासँग जोगेन्द्रले एक बर्ष अघि मात्रै बिहे गरेका थिए ।

पत्रकार सिंहकाअनुसार राधिका बादीको आज बिहान मृत्यु भएको हो । ४२ वर्षीया राधिका बादीको कालिकोटको पलाता गाउँपालिकाको थिरपुमा आइतवार बिहान मृत्यु भएको खबर आएको सिंहले बताए ।

कालिकोट प्रहरी प्रमुख टेक बहादुर रावतले पनि उनको मृत्यु पुष्टि गरे । दुई दिनदेखि बिरामी रहेको र २०८१ फागुन १८ गते बिहान मृत्यु भएको रावतले बताए । -सिधाकुराबाट

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार