नागरिक रैबार/बाजुरा १७ फागुन। नेपाल बुद्धिजीवी परिषद बाजुराको सातौ जिल्ला अधिबेशन मार्तडीमा सम्पन्न भएकाे छ । अधिवेशनले अध्यक्षमा शेरबहादुर रावलकाे नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेकाे हाे।
मार्तडीमा सम्पन्न उक्त अधिवेशनबाट जसमा उपाध्यक्षमा दीमा सुब्बा,सचिव महेशराज जैशी,कोषाध्यक्ष दीपक रोकाया र सह सचिवमा नवराज बुढा रहने गरी १७ सदस्यीय जिल्ला कमिटी गठन गरिएको निर्वाचन समितिले जनाएको छ ।
नेपाल बुद्धिजीवी परिषद बाजुराका अध्यक्ष शेरबहादुर रावलको अध्यक्षतामा संचालन भएको कार्यक्रममा नेकपा सुदूरपश्चिम प्रदेश सचिवालय सदस्य गगन रावल प्रमुख अतिथी रहेका थिए ।
कार्यक्रममा सचिव महेशराज जैशीले संचालन गरेको स्वागत मन्तव्य दीमा सुब्बाले गरेकी थिइन् ।
मालिका नमुना माध्यमिक विद्यालयको सभा हलमा अधिवेशन संचालन भएको थियाे ।
फेसबुक प्रतिक्रियाहरु