नागरिक रैबार/बाजुरा २० माघ । जिल्ला खेलकुद समिति बाजुराको आयोजनामा हुने यस वर्षको १५ औं राष्ट्रपति रनिङ्ग शिल्ड खेलकुद प्रतियोगिता आगामी फागुन १२ देखि संचालन हुने भएको छ ।
जिल्ला खेलकुद समिति बाजुराले आईतबार एक सूचना जारी गर्दै यस वर्ष १५ औं राष्ट्रपति रनिङ्ग शिल्ड खेलकुद प्रतियोगिता फागुन १२ देखि १५ गतेसम्म संचालन हुने बताएको हो ।
अघिल्लो वर्ष बुढीनन्दा नगरपालिकामा गरिएको १४ औं राष्ट्रपति रनिङ्ग शिल्ड खेलकुद प्रतियोगिता यस वर्ष भने बुढीगंगा नगरपालिकाको भानोदय माविको खेलमैदानमा संचालन हुने भएको हो ।
प्रतियोगितामा ९ वटै पालिकाबाट पालिकास्तरबाट छनोट भएका खेलाडीहरु सहभागि हुने भएका छन् ।
फेसबुक प्रतिक्रियाहरु