होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

आइतवार, माघ २०, २०८१
जोडिनुहोस
  • होमपेज
  • Breaking News
  • नेकपा एमाले बडीमालिकाले भन्यो नुन विक्रि सहज ढंगले होस
Breaking News

नेकपा एमाले बडीमालिकाले भन्यो नुन विक्रि सहज ढंगले होस

  • नागरिक रैबार
नेकपा एमाले बडीमालिकाले भन्यो नुन विक्रि सहज ढंगले होस

नागरिक रैबार/बाजुरा २० माघ । नेकपा एमाले बडीमालिका नगर कमिटीले जिल्लामा अनुदानबाट विक्रि गरिदै आएको भानु नुन सर्वसाधारणहरुका लागि सहज ढंगले पाउने गरी व्यवस्था गर्न माग गरेको छ ।

आईतबार नेकपा एमाले बडीमालिका नगर कमिटीका अध्यक्ष राजेश पायल विकको नेतृत्वमा जिल्ला प्रशासन कार्यालय बाजुरामा गएको टोलीले अनुदानबाट विक्रि भईरहेको नुन सर्वसाधारणलाई सहज तरिकाले पाउने गरी व्यवस्था मिलाउन प्रमुख जिल्ला अधिकारी मेघनाथ पाध्यालाई ध्यानाकर्षण मार्फत आग्रह गरेको हो ।

साल्ट्र ट्रेडिङ कर्पोरेशन लिमिटेडको कार्यालय बाजुराले २०८१ कार्तिक देखि अनुदानको नुन कालो बजारी हुने गरेको भन्दै रोक्न वडाको सिफारिस अनिवार्य गरेको थियो ।

विज्ञापन

साल्ट्र टे्रडिङ कर्पोरेसनले सर्वसाधारणहरुलाई नुन लिन वडा कार्यालयको सिफारिस अनिवार्य गरेपछि सर्वसाधारणहरुले नुन लिँदा पाएको दुःखलाई मध्येनजर गर्दै एमाले बडीमालिका नगर कमिटीले सहजताका लागि प्रमुख जिल्ला अधिकारी पाध्यालाई ध्यानाकर्षण मार्फत माग गरेको नगर कमिटी अध्यक्ष राजेश पायल विकले बताएका छन् ।

जिल्लामा बसोबास गर्ने सम्पूर्ण नागरिकहरुले समान पहुँच र समान सुविधा उपभोग गर्न पाउनु पर्ने नगर कमिटीले जिल्ला प्रशासनमा बुझाएको ध्यानाकर्षण पत्रमा उल्लेख गरिएको छ ।

त्यस्तै सदरमुकाम मार्तडीमा रहेको साल्ट्र ट्रेडिङ कर्पोरेशन लिमिटेड र डिपो कार्यालयबाट नुन लिन पनि वडाको सिफारिस अनिवार्य गरेपछि नागरिकलाई परेको समस्याका समाधान गर्नका लागि नगर कमिटीले प्रशासनको ध्यानाकर्षण गराएको हो । नगर कमिटीले सर्वसाधारणहरुका लागि अबदेखि नुन लिन जाँदा सहज रुपमा पाउने गरि व्यवस्था गरिनुपर्ने प्रजिअ लाई ध्यानाकर्षण गराएको छ ।

यता प्रमुख जिल्ला अधिकारी पाध्याले एमाले बडीमालिकाले गराएको ध्यानार्षण पत्र बुझ्‌दै भने आगामी दिनमा सर्वसाधारणका लागि नुन लिने प्रक्रिया सहज ढंगबाट अगाडी बढाउने आश्वासन दिएका छन् ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार