होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

शनिबार, पुस २०, २०८१
जोडिनुहोस
  • होमपेज
  • देश/प्रदेश
  • पार्टीमा बहसलाई बन्देज गर्नु कुनै कोणबाट पनि उचित होइन : एमाले नेता थापा
देश/प्रदेश

पार्टीमा बहसलाई बन्देज गर्नु कुनै कोणबाट पनि उचित होइन : एमाले नेता थापा

  • नागरिक रैबार
पार्टीमा बहसलाई बन्देज गर्नु कुनै कोणबाट पनि उचित होइन : एमाले नेता थापा

नेकपा एमालेले तीन केन्द्रीय नेतामाथि कारबाही गरेपछि पार्टीभित्र नेतृत्वको आलोचना र प्रतिरक्षाको क्रम तीव्र बनेको छ।केन्द्रीय तहका नेताहरू नै यसको पक्ष र विपक्षमा बाँडिएका छन्। यसै क्रममा एमाले स्थायी समितिका सदस्य कर्णबहादुर थापाले पार्टीमा बहसलाई बन्देज गर्ने कुरा कुनै कोणबाट उचित नहुने भनी टिप्पणी गरेका छन्।

उनले सामाजिक सञ्जालमा कसैको नाम नलिएर स्वस्थ राजनीतिक र वैचारिक बहस गर्नु हरेक राजनीतिक नेता-कार्यकर्ताको धर्म भन्दै विचार र विश्लेषणकाे शृंखला टुटेमा राजनीतिक धरातल नै सकिने चेतावनी पनि दिएका छन्।उनले लेखेका छन्, ‘स्वस्थ राजनीतिक, वैचारिक बहस गर्नु हरेक राजनीतिक नेता-कार्यकर्ताको धर्म हाे। ताेकिएकाे विधिबमोजिम गरिने बहसलाई बन्देज गर्ने कुरा कुनै दृष्टिकोणले उचित मानिँदैन।’

एमाले सचिवालय बैठकले पुस १० गते पूर्वउपाध्यक्ष डा भीम रावल, स्थायी समिति सदस्य डा विन्दा पाण्डे र केन्द्रीय सदस्य उषाकिरण तिम्सेनामाथि कारबाही गरेको थियो। रावलको सदस्यतासमेत खोसेर उनलाई पार्टीबाट निकाला गरिएको छ भने पाण्डे र तिम्सेनालाई ५ महिनाका लागि निलम्बन गरिएको छ।विचारमा आधारित भएर राजनीतिक बहस गर्न सकिने र त्यसमा बन्देज लगाउन नहुने स्थायी समिति सदस्य थापाको धारणा छ।

विज्ञापन

‘अराजकता र अनुशासनहीनता पनि कहीँ स्वीकार्य हुँदैन,’ उनले लेखेका छन्, ‘विचार र विश्लेषणकाे शृंखला टुट्यो भने राजनीतिक धरातल सकिन्छ र एक हिसाबले भन्ने हाे भने राजनीतिकर्मीकाे मृत्यु हुन्छ। विचारमा आधारित भएर राजनीतिक बहस गरौँ। सबै प्रकारका असन्तुष्टहरूकाे विराेधकाे निशाना बनेकाे एमालेलाई वैचारिक हतियारकाे बलबाटै मजबुत पार्न सकिन्छ। एमालेकाे सम्पूर्ण पंक्ति यस दिशातिर अगाडि बढ्नु उचित हुनेछ। असभ्यताकाे प्रदर्शन असामाजिक र गैरराजनीतिक भएकाले कसैका लागि हितकर हुँदैन।’

रावल सुदूरपश्चिम क्षेत्रबाट प्रतिनिधित्व गर्ने एमालेका सबैभन्दा उपल्लो तहका नेता थिए। सुदूरपश्चिमकै थापाले रावल र एमाले अध्यक्ष केपी शर्मा ओलीबीच संवादका लागि पहल गरेका थिए, जुन कुरा बुधबार रावलले पत्रकार सम्मेलनमा पनि बताएका थिए। रावलले पत्रकार सम्मेलन गरी अब बेग्लै अभियान सञ्चालन गरी त्यसबाट पार्टी निर्माण गर्ने घोषणा गरेका छन्।

नेपालखबरबाट

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार