होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

सोमवार, भदौ १६, २०८२
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • दशैंका लागि सुकिला नोट २९ गतेदेखि साटिने
समाचार

दशैंका लागि सुकिला नोट २९ गतेदेखि साटिने

  • नागरिक रैबार
दशैंका लागि सुकिला नोट २९ गतेदेखि साटिने

दशैंका लागि सुकिला नोट यही भदौ २९ गतेदेखि साट्न पाइनेछ । नेपाल राष्ट्र बैंकले सूचना जारी गर्दै भदौ २९ गतेदेखि असोज १० गतेसम्म सुकिला नोट साट्न पाइने जानकारी गराएको हो ।

राष्ट्र बैंकको मुद्रा व्यवस्थापन विभागका अनुसार विभागको थापाथलीस्थित कार्यालयका साथै प्रदेश कार्यालयहरू विराटनगर, जनकपुर, वीरगञ्ज, पोखरा, सिद्धार्थनगर, नेपालगञ्ज र धनगढीबाट सटही गर्न सकिनेछ ।

यस्तै, इजाजत प्राप्त क, ख, र ग वर्गका बैंक तथा वित्तीय संस्थाका शाखा कार्यालयहरुबाट सर्वसाधारणका साथै संघ/संस्थालाई कारोबारको समयमा नोट सटही हुनेछ ।

यस वर्ष विजयादशमी असोजको १६ गते परेको छ । घटस्थापना ६ गते परेको छ भने फूलपाती १३ गते छ । दशैं पर्व घटस्थापनादेखि नै शुरु हुन्छ ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार