होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

आइतवार, माघ २०, २०८१
जोडिनुहोस
  • होमपेज
  • देश/प्रदेश
  • सुदूरपश्चिम सुन्दरपश्चिम हो: प्रदेश प्रमुख मियाँ
देश/प्रदेश

सुदूरपश्चिम सुन्दरपश्चिम हो: प्रदेश प्रमुख मियाँ

  • नागरिक रैबार
सुदूरपश्चिम सुन्दरपश्चिम हो: प्रदेश प्रमुख मियाँ

कैलाली । सुदूरपश्चिम प्रदेश प्रमुख नजिर मियाँले सुदूरपश्चिम साँच्चै सुन्दरपश्चिम भएको टिप्पणी गरेका छन् । शुक्रवार सुदूरपश्चिम प्रज्ञा–प्रतिष्ठानले डोटीमा आयोजना गरेको बहुभाषिक अन्तर्राष्ट्रिय साहित्यिक सङ्गोष्ठीमा बोल्दै प्रदेश प्रमुख मियाँले सुदूरपश्चिम कला, साहित्य र संस्कृतिको धनी भएको बताए ।

‘सांस्कृतिक कुराले धनी सुदूरपश्चिम अतिथिको संस्कारमा पनि धनी छ’ प्रदेश प्रमुख मियाँले भने ‘भौगोलिक रुपमा पनि हिमाल, पहाड, तराईको भू–भाग समेत रहेको छ ।’

आफू प्रदेश प्रमुखको शपथ ग्रहण गरेर सुदूरपश्चिममा आउने तयारी गरिरहेका ‘सुदूरपश्चिममा अप्ठेरोमा पार्लान्, ख्याल गर्नु होला है’ भनेको सम्झँदै उनले थपे ‘तर यहाँ त अप्ठेरो पार्ने मान्छे होइन, माया गर्ने र सम्मान गर्ने मान्छेहरू बस्दा रहेछन् ।’ उनले सुदूरपश्चिम सांस्कृतिक रुपमा मात्रै नभएर प्राकृतिक रुपमा पनि धनी भएको बताए । कस्तुरीले बिना नदेखेजस्तै राज्यले सुदूरपश्चिमको सुन्दरता नदेखेको उनको टिप्पणी थियो ।

विज्ञापन

उनले सुदूरपश्चिमको साहित्यिक क्षेत्रको विकासका लागि तीन वटै तहका सरकारहरुबीच समन्वय हुनु पर्ने बताए । कार्यक्रममा सहभागी स्थानीय तहका प्रमुखहरूलाई कला साहित्यको क्षेत्रमा अध्ययन अनुसन्धान गर्न प्रदेश प्रमुखले सुझाव दिए ।

कार्यक्रममा नेपाल र भारतका बिभिन्न क्षेत्रका स्रष्टाहरूले आफ्नो साहित्यिक प्रस्तुति राखेका थिए । सुदूरपश्चिम प्रज्ञा प्रतिष्ठानका उपकुलपति डा.टि एन जोशीको अध्यक्षतामा सम्पन्न भएको उक्त कार्यक्रममा सुदूरपश्चिम प्रदेश सभाका सदस्यद्वय चक्र बहादुर मल्ल र शिवसिंह ओली, डोटीका स्थानीय तहका प्रमुखहरू लगायतको सहभागिता रहेको थियो ।

प्रदेशका बिभिन्न सांस्कृतिक झाँकीहरूको प्रस्तुति रहेको थियो । उक्त कार्यक्रममा सुदूरपश्चिमको साहित्य, साहित्यिक पत्रकारिता र डोटेली भाषाको संरक्षणका बिषयमा छलफल भएको थियो । नेपालप्रेसबाट

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार