नागरिक रैबार/बाजुरा १५ पुस। बाजुराको बडीमालिका नगरपालिका- ७ का ३० वर्षिया स्वास्थ्यकर्मी धर्म खत्रीको मृत्यु भएको ५ दिनपछि आज अन्त्येष्टि गरिएको छ ।
पुस ११ गते कैलालीको धनगढीमा मोटरसाइकलको ठक्करबाट ज्यान गुमाएका मार्तडी स्वास्थ्य चौकी चुथीका प्रमुख जनस्वास्थ्य अधिकृत रहेका खत्रीको आज सोमबार हिन्दुपरम्परा अनुसार गाउँमै अन्तेष्टि गरिएको हो ।
घटना भएको दिनदेखि धनगढीको सेति प्रादेशिक अस्पतालमा राखिएको खत्रीको शव ५ दिनपछि सोमबार दिउसो मार्तडीको चुथिस्थित घर ल्याइएको थियो । खत्रीको निधनलले पुरै गाउँ नै साेकाकुल रहेको छ ।
फेसबुक प्रतिक्रियाहरु