होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

बिहिबार, अशोज ३, २०८१
जोडिनुहोस
  • होमपेज
  • Breaking News
  • दुई वर्ष पुग्नुभन्दा एक हप्ता अघि राजीनामा दिन्छु : प्रधानमन्त्री ओली
Breaking News

दुई वर्ष पुग्नुभन्दा एक हप्ता अघि राजीनामा दिन्छु : प्रधानमन्त्री ओली

  • नागरिक रैबार
दुई वर्ष पुग्नुभन्दा एक हप्ता अघि राजीनामा दिन्छु : प्रधानमन्त्री ओली

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले आफू नेतृत्वको सरकार दुई वर्ष चल्ने बताएका छन् । मंगलबार सिंहदरबारमा उपप्रधानमन्त्री, मन्त्री र सचिवहरूलाई निर्देशन दिँदै प्रधानमन्त्री ओलीले आफू २ वर्ष पुग्नुभन्दा एक हप्ता अघि राजीनामा दिने र त्यसपछि कांग्रेस सभापति शेरबहादुर देउवा प्रधानमन्त्री बनेर चुनावसम्म जाने बताए ।

निर्देशनका क्रममा प्रधानमन्त्री ओलीले भने, ‘हामी डिस्टिनेशन तोकेर हिँडेका छौँ । नेपाली जनतालाई जैविक र मानवीय आवश्यकताको यथोचित न्यायोचित परिपूर्ति गराउनेमा सरकारको फोकस हुन्छ ।’

सरकार ढल्छ कि भनेर नसोच्न आग्रह गर्दै प्रधानमन्त्री ओलीले सुशासन र विकासका लागि नै सरकार बनेको बताए । ‘मेरो नेतृत्वको सरकार २ वर्ष चल्ने हो । २ वर्ष पुग्नुभन्दा एक साता अघि नै मैले राजीनामा गरिसकेको हुन्छु । गर्छ कि गर्दैन भन्ने कुनै दुबिधा हुँदैन’, प्रधानमन्त्रीले भने, ‘त्यसपछि शेरबहादुर देउवाजीको नेतृत्वमा चुनावसम्म जाने हो ।

विज्ञापन

यसमा ढुक्क भए हुन्छ सरकार कुनै प्रकारको दाउपेच छिर्के लगाएर र मन्त्री बन्न होइन ठुला पार्टीले बुझेर बनाएको हो । ढल्ने त के ढलपल पनि हुँदैन ।’उनले स्थिर र स्थायित्व भएको सरकार भन्दै गतिशील स्थायित्वको पक्षमा रहेको बताए ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार