होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

शनिबार, पुस १३, २०८१
जोडिनुहोस
  • होमपेज
  • देश/प्रदेश
  • भीम रावललाई निष्कासन गरेपछि थापाको कडा टिप्पणी- देश आवेगमा बन्दैन, ठण्डा दिमागले सोचौँ
देश/प्रदेश

भीम रावललाई निष्कासन गरेपछि थापाको कडा टिप्पणी- देश आवेगमा बन्दैन, ठण्डा दिमागले सोचौँ

  • नागरिक रैबार
भीम रावललाई निष्कासन गरेपछि थापाको कडा टिप्पणी- देश आवेगमा बन्दैन, ठण्डा दिमागले सोचौँ

काठमाडौं । नेकपा एमालेका नेता कर्ण बहादुर थापाले नेतृत्वलाई ठण्डा दिमागले सोच्न अनुरोध गरेका छन् । एमालेका पूर्वउपाध्यक्ष तथा पूर्व गृहमन्त्री समेत रहेका डा. भीम रावललाई पार्टीबाट निष्कासन गरेपछि शनिबार बिहान सामाजिक सञ्जालमार्फत उनले अध्यक्ष केपी शर्मा ओलीलाई यस्तो आग्रह गरेका हुन् ।

उनले असल नियतका साथ साधारण छलफलबाट समाधान गर्न सकिने विषयलाई झनै जटिल बनाउने व्यवहारले संसारै बदल्ने कुरा गर्दा अपत्यारिलो हुन्छ कि भन्दै प्रश्न गरे ।

उनले भनेका छन्, ‘ठण्डा दिमागले सोचौँ । देश आवेग, उत्तेजना,निराशा र असन्तुष्टि वा विरोधले बन्दैन है । सबैका अनुभव र योग्यतालाई मिलाएर एकलयमा काम गर्दा मात्रै सही परिणाम निकाल्न सकिन्छ । सही ढंगले सोचौँ, त्यही अनुसार कदम चालौँ । नकारात्मक काममा एक सेकेन्ड समय पनि खेर नफालौँ ।’ मकालुखबरबाट

विज्ञापन

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार

भर्खरै