काठमाडौँ । नेकपा एमालेको पार्टी कार्यालय निर्माणको प्रयोजनार्थ मीनबहादुर गुरुङले दिएको जग्गा दानको प्रक्रिया तत्काल अघि नबढाउन सर्वोच्च अदालतले अन्तरिम आदेश दिएको छ । सार्वोच्चका न्यायाधीश सुनिलकुमार पोखरेलको इजलासले अल्पकालीन अन्तरिम आदेश जारी गर्दै दान प्रक्रिया तत्काल अघि नबढाउन भनेको हो ।
एमालेलाई जग्गा दान दिने निर्णय बदरको माग गर्दै अधिवक्ता ज्ञानबहादुर बस्नेतले सर्वोच्चमा रिट दायर गरेको थिए । सुरुमा उक्त रिट दर्ता गर्न अस्वीकार गर्दै दरपिट गरिएको थियो । दरपिट विरुद्ध नै निवेदन दिएपछि बल्ल न्यायाधीश तिलप्रसाद श्रेष्ठको इजलासले दर्ता गर्न आदेश दिएको थियो ।
सर्वोच्चले उक्त रिट उपर सुनुवाई गर्दै दुवै पक्षलाई छलफलमा बोलाएको छ।
फेसबुक प्रतिक्रियाहरु